२०८२, २१ श्रावण बुधबार

लोकसेवा परीक्षा प्रक्रिया सुरुः १७५ उपसचिव र १०० सहसचिवको नयाँ भर्ना खुल्दै

लोकसेवा परीक्षा प्रक्रिया सुरुः १७५ उपसचिव र १०० सहसचिवको नयाँ भर्ना खुल्दै


काठमाडौं, भदौ २० : संघमा कर्मचारी समायोजनका कारण झन्डै दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ । केन्द्रीय सरकारअन्तर्गत रिक्त रहेका विभिन्न सेवा समूहका १ सय सहसचिव र १७५ उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायबाट माग भई आएको संख्याको आधारमा पहिलो चरणमा १ सय सहसचिव र १७५ जना उपसचिवको माग आकृति फारम लोकसेवा आयोगमा पठाउने निर्णय गरेको हो ।

मन्त्रालयको बिहीवारको सो निर्णयसँगै लोकसेवाले केन्द्रीय सरकारमा कर्मचारी भर्नाको प्रक्रिया थाल्नेछ । लोकसेवाले पनि आवश्यक तयारी थालिएको जानकारी दिएको छ । मन्त्रालयले आयोगलाई पठाउने निर्णय गरेको माग आकृति फारममा प्रशासन सेवाका ७० भन्दा बढी सहसचिवको माग गरिएको छ भने उपसचिवमा पनि प्रशासन सेवाकै बढी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले जानकारी दिएको छ ।

मन्त्रालयको यस निर्णयसँगै संघमा रिक्त रहेका विभिन्न सेवा समूहका अन्य ७ हजार रिक्त पदमा पनि कर्मचारी भर्नाको प्रक्रियासमेत सुरु हुने भएको छ । केन्द्रीय सरकारमा लामो समयदेखि रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया सुरु हुन नसक्दा नीतिगत निर्णयदेखि सेवा प्रवाहसमेत प्रभावित हुँदै आएको छ ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ७ : ३७ बजे

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिको भेटवार्ता सम्पन्न

तुर्कमेनिस्तान । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसंघीय

सभामुखले माओवादी सांसद मोदीलाई बोल्दा बोल्दै रोके, आकस्मिक समयको मर्यादा उल्लंघनको आरोप

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोलिरहेका

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित राष्ट्रलाई पछाडि पार्न हुँदैन : प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (Landlocked

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा आज ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’