२०८३, ४ आश्विन सोमबार

शिक्षकलाई पाँच लाख सहयोग गरिने

शिक्षकलाई पाँच लाख सहयोग गरिने


इनरुवा, १९ भदौ  : यहाँका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो ।

‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित हुनुहुन्छ । नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार खर्च जुटाउन लागिएको नगरप्रमुख राजन मेहताले जानकारी दिनुभयो । उहाँले एक महीनाको तलब उपचारका लागि सहयोग गर्ने घोषणा गर्नुभयो । अन्यले दुई दिनको तलब दुलाललाई सहयोग गर्ने मेहताले बताउनुभयो ।

“मानवीय धर्म सम्झेर सहयोग उपलब्ध गराउन लागिएको हो”, उहाँले भन्नुभयो । खर्च अभावपछि भारतमा उपचार गराउँदै आएका दुलाल घर फर्कनुभएको छ । चिकित्सकले दुई महीनाभित्र उपचार नगराए बिरामीको ज्यान जाने बताएका छन् । दुलालका लागि स्थानीयस्तरमा उपचार खर्च सङ्कलन अभियान सञ्चालन गरिएको छ ।  रासस

प्रकाशित मिति : २०७६, १९ भाद्र बिहीबार  ७ : १३ बजे

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग