२०८३, ११ बैशाख शनिबार

गाउँपालिकाको कार्यालयमा आगजनी

गाउँपालिकाको कार्यालयमा आगजनी


सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान पश्चात मात्र थप कुरा भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

आगजनीबाट कार्यालयको महत्वपूर्ण कागजातसहित फर्निचरसमेत जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सन्तोष महतोले बताउनुभयो । घटनास्थलमा अभिनन्दन बालबालिका स्वतन्त्र पार्टी नेपालको पर्चा भेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७६, १८ भाद्र बुधबार  ११ : ५७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले