२०८२, २९ चैत्र सोमबार

जीप दुर्घटनामा तीनको मृत्यु

जीप दुर्घटनामा तीनको मृत्यु


वालिङ, १८ भदौ : स्याङ्जाको गल्याङमा आज भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गल्याङ प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली, रम्भा गाउँपालिका १ कै ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का नौ महीनाका पल्सन परियार रहेका छन् ।

घाइतेको पाल्पास्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पा तथा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

आज दिउँसो पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट गल्याङतर्फ आउँदै गरेको लु१ज ३८४१ नम्बरको जीप बुटवल पावर कम्पनीको कार्यालय नजिकै सडकबाट झण्डै ४०० मिटर तल खसेको थियो । दुर्घटनापर्नेमा तीज मनाएर घर फर्कंदै गरेका महिला धेरै छन् । ओभर लोडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । रासस

प्रकाशित मिति : २०७६, १८ भाद्र बुधबार  १० : ३१ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४