२०८२, २१ श्रावण बुधबार

अस्पतालमै मिर्गौलाको धन्दा

अस्पतालमै मिर्गौलाको धन्दा


काठमाडौं, भदौ १८ : निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको छ । ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगलले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन)को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो । श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा कुशल र अनुभवी चिकित्सक मानिन्छन् ।

उनले हजारौं मिर्गौला बिरामीको उपचार गरिसकेका छन् । श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढङ्गले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ । यसरी मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयम् चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने स्रोतहरुले जनाएका छन् ।

योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिएका थिए । तर, मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको थियो । नातेदारभन्दा बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु गैरकानुनी हो । यो समाचार सम्झु कट्टेलले अन्नपूर्ण पोष्ट मा लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १८ भाद्र बुधबार  ७ : ०८ बजे

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिको भेटवार्ता सम्पन्न

तुर्कमेनिस्तान । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसंघीय

सभामुखले माओवादी सांसद मोदीलाई बोल्दा बोल्दै रोके, आकस्मिक समयको मर्यादा उल्लंघनको आरोप

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोलिरहेका

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित राष्ट्रलाई पछाडि पार्न हुँदैन : प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (Landlocked

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा आज ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’