२०८३, ५ श्रावण बुधबार

बैंक खाता नभए वैदेशिक रोजगारीमा जान नपाइने

बैंक खाता नभए वैदेशिक रोजगारीमा जान नपाइने


काठमाडौँ, भदौ १७ :वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको हो ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंक खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने जनाउँदै सूचना समेत जारी गरिसकेको जनाएको छ ।

विभागले नेपाल राष्ट्र बैंकबाट कारोबार अनुमति लिएका विकास बैंक र वाणिज्य बैंकको कुनै पनि शाखामा खाता खोल्न सकिने जनाएको छ । काराेबार दैनिकमा गोपाल संग्रौला यो खबर लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ७ : ५६ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने