२०८३, २४ भाद्र बिहीबार

तीजकै दिन मदिरा सेवन गरी खुर्पाले हानेर श्रीमतिको हत्या

तीजकै दिन मदिरा सेवन गरी खुर्पाले हानेर श्रीमतिको हत्या


रुकुम  १७ भदौ : रुकुम पश्चिममा खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतिको हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षीय नविन खड्काले श्रीमति २५ वर्षीया कमला बुढाथोकी खड्काको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्याधिक मदिरा सेवन गरी सोमबार तीजको दिन बेलुकी ८ बजेको समयमा नविनले श्रीमति कमलाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

श्रीमतिको हत्या गरी फरार रहेका नविनलाई मंगलबार विहान सवा २ बजेको समयमा घर नजिकैको जंगलमा लुकेर वसेको अवस्थामा पक्राउ गरिएको डिएसपी खड्काले बताए ।

उनीसंगै श्रीमतिलाई प्रहार गरेको खुर्पासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । के कारणले उनले श्रीमतिको हत्या गरेका हुन भन्ने खुलि नसकेको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यो समाचार मनीष खड्काले नयाँ पत्रिका दैनिकमा लेखिएको छ ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ७ : २० बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको