२०८२, १८ मंसिर बिहीबार

गाउँपालिकाले घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

गाउँपालिकाले घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण


चरिकोट, १७ भदौ दोलखाको वैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ३११ अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका सबै वडामा घुम्ती शिवर सञ्चालन गरी सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका सबै वडाबाट ‘क’ वर्गका ३९, ‘ख’ वर्गका ८५, ‘ग’ वर्गका १०६ र ‘घ’ वर्गका ८१ लाई परिचयपत्र वितरण गरेको उहाँले बताउनुभयो । सोमबार गाउँपालिकाको अस्थायी कार्यालय मेघेचौरमा शिविर आयोजना गरेको थियो । शिविरबाट ‘क’ वर्गका नौ, ‘ख’ वर्गका १५, ‘ग’ वर्गका १६ र ‘घ’ वर्गका १५ गरी कूल ५५ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् ।

अपाङ्गता भएका व्यक्तिलाई कार्ड बनाउनका लागि गाउँपालिकासम्म धाउनका लागि गाह्रो हुने भएका कारण उनीहरुलाई सहज गराउन टोल–टोलमै पुगेर परिचयपत्र कार्ड वितरण गरेको अध्यक्ष आचार्यले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ७ : ०७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको