२०८३, ११ बैशाख शनिबार

रसुवामा अवरुद्ध राजमार्ग सञ्चालन

रसुवामा अवरुद्ध राजमार्ग सञ्चालन


धुलिखेल, १६ भदौँ: पहिराका कारण आइतबारदेखि अवरूद्ध स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग आजदेखि खुलेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ठाडो पाखोबाट झरेको पहिराका कारण यहि भदौ १५ गते बिहानैबाट बन्द स्याफ्रुबेशीदेखि उत्तर गोसाँइकुण्ड गाउँपालिका–३ स्थित बृद्विम इलाका क्षेत्रको राजमार्ग अवरूद्व भएपछि रसुवागढी तथा लाङटाङ खोला भोटेकोशी हाईड्रोपावर, गाउँपालिका र सडक विभागको स्काभेटरको सहायताले खुलाइएको हो ।

राजमार्गका तीन स्थानमा गएका ठूला ठूला पहिरा पन्छाउने कार्य सम्पन्न भई भन्सार जाँचबाट छुटेका र केरूङतर्फ जान रोकिएका सबै ट्रक तथा कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेका प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाका सबै भूभागका राजमार्ग सञ्चालन भइरहेका र भारि वर्षा हँुदा वा रातको समयमा अबेरसम्म सवारीसाधन नचलाउन र राजमार्ग भूभागमा बढी भिरपाखा भएका कारण दिनको समयमा पनि हेशियार भएर चलाउन प्रजिअ भण्डारीले आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ८ : २० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले