२०८२, १८ मंसिर बिहीबार

गणेश चतुर्थी आजै मनाइयो

गणेश चतुर्थी आजै मनाइयो


काठमाडौँ, १६ भदौ : अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइएको छ । यस वर्ष भाद्र शुक्ल चौथीमा गर्नुपर्ने गणेश पूजा आराधना पनि हरितालिका व्रतकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

हरितालिका (तीजको व्रत) पारायण गरी शिवपार्वतीका पुत्र गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहे पनि यस वर्ष तिथिको घटबढका कारण दुवै पर्व एकैदिन परेको उहाँले जानकारी दिनुभयो । भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।

मङ्गलबार गणेश रथयात्रा
यस अवसरमा विसं २०६५ देखि राष्ट्रिय धर्मसभा नेपालले गणेश रथयात्रा गर्दै आएको छ । रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ । धर्मसभाका अध्यक्ष प्रा डा माधवप्रसाद भट्टराईले आज विभिन्न मन्दिरमा पुगी संस्थाका तर्फबाट गणेशको पूजा आराधना गरिएको जानकारी दिनुभयो । मङ्गलबार अपराह्न साढे २ः०० बजे वसन्तपुरस्थित अशोकविनायकबाट रथयात्रा शुरु गरी कमलादी गणेस्थानमा समापन गरिने उहाँले जानकारी दिनुभयो । कमलादीमा गणेशको महत्वका बारेमा प्रवचन गरी यात्रा समापन गरिनेछ ।

धर्मसभाले शुरु गरेपछि उपत्यकालगायत देशभरका गणेश मन्दिरमा रथयात्रा हुन थालेको छ । विसं २०६५ पछि भाद्र शुक्ल चतुर्थीका दिन बृहत् रुपमा पूजा आराधना शुरु भएको छ । गणेशको पूजा आराधना आज गरिए पनि अघ्र्यदान भने मङ्गलबार बिहान नै गरी गणेश चतुर्थी व्रत समापन हुन्छ ।

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ५ : ४९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको