२०८३, १९ आश्विन मंगलबार

गणेश चतुर्थी आजै मनाइयो

गणेश चतुर्थी आजै मनाइयो


काठमाडौँ, १६ भदौ : अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइएको छ । यस वर्ष भाद्र शुक्ल चौथीमा गर्नुपर्ने गणेश पूजा आराधना पनि हरितालिका व्रतकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

हरितालिका (तीजको व्रत) पारायण गरी शिवपार्वतीका पुत्र गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहे पनि यस वर्ष तिथिको घटबढका कारण दुवै पर्व एकैदिन परेको उहाँले जानकारी दिनुभयो । भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।

मङ्गलबार गणेश रथयात्रा
यस अवसरमा विसं २०६५ देखि राष्ट्रिय धर्मसभा नेपालले गणेश रथयात्रा गर्दै आएको छ । रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ । धर्मसभाका अध्यक्ष प्रा डा माधवप्रसाद भट्टराईले आज विभिन्न मन्दिरमा पुगी संस्थाका तर्फबाट गणेशको पूजा आराधना गरिएको जानकारी दिनुभयो । मङ्गलबार अपराह्न साढे २ः०० बजे वसन्तपुरस्थित अशोकविनायकबाट रथयात्रा शुरु गरी कमलादी गणेस्थानमा समापन गरिने उहाँले जानकारी दिनुभयो । कमलादीमा गणेशको महत्वका बारेमा प्रवचन गरी यात्रा समापन गरिनेछ ।

धर्मसभाले शुरु गरेपछि उपत्यकालगायत देशभरका गणेश मन्दिरमा रथयात्रा हुन थालेको छ । विसं २०६५ पछि भाद्र शुक्ल चतुर्थीका दिन बृहत् रुपमा पूजा आराधना शुरु भएको छ । गणेशको पूजा आराधना आज गरिए पनि अघ्र्यदान भने मङ्गलबार बिहान नै गरी गणेश चतुर्थी व्रत समापन हुन्छ ।

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ५ : ४९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि