२०८२, १८ मंसिर बिहीबार

तीजमा हरियो सारी र चुरा लगाउनुका यस्तो छ कारण

तीजमा हरियो सारी र चुरा लगाउनुका यस्तो छ कारण


काठमाडौं , भदौ १६ : तिजको ब्रतको दिन महिला आफ्नो श्रृंगारमा हरियोे रंगलाई खास महत्व दिने गर्दछन् । तिजको ब्रतमा विवाहित नारीले सौभाग्यको रंग, रातो मन पराएजस्तै हरियोे रंगलाई पनि उत्तिकै प्राथमिकता दिने गरिएको छ । हरियोे रंगको चुरा, साडी, टिका, पोते लगायतका श्रृंगार सामाग्री हरियोे हुने गर्दछ । यसरी हरियोे रंग मन पराइनुको पछाडि विशेष कारण छ ।

१. हिन्दु धर्मका अनुसार केही विशेष रंगहरुलाई सौभाग्यको प्रतिक मानिन्छ । तिनै विशेष रंग भित्र हरियो रंग पनि पर्ने गर्दछ । हरियो रंगले जीवन र खुशिलाई जोड्ने विश्वास गरिन्छ । विवाहित नारीहरुले हरियोे रंगको चुरा लगाउँदा श्रीमानको जिवनमा खुशीयाली, सफलता आउने र श्रीमान स्वस्थ्य रहने विश्वास गरीन्छ ।

२. हरियोे रंगलाई प्राकृतिक रंग समेत भनिन्छ । रुख बिरुवाको समेत हरियो रंग हुने भएकाले हरियोे रंगलाई प्राकृतिक रुपमा समेत उत्तम मानिन्छ । यसले आखाँमा शितलता प्रदान गर्ने गर्दछ । साथै धार्मिक मान्यता अनुसार महिलाले हरियोे रंग लगाउँदा श्रीमानको आयु लामो हुने विश्वास गरिन्छ ।

३. तीजलाई प्रकृतिको हरियाली जतिकै महत्व दिइन्छ । तिजले महिलाको जिवनमा उमंग र स्फूर्ति बढाउने साथै परीवारमा समेत श्री वृद्धि गर्ने विश्वास गरिन्छ । हरियोे रंगले मानिसको चर्म रोग हटाउने तथा महिलाको नकारात्मक भावलाई समेत खिचेर लाने मान्यता छ । अन्य रंगभन्दा हरियोे रंगको धारण गरेमा ब्रतालु महिलाई सहज हुने भएकाले भोकै ब्रत बस्दा समेत खासै असर पार्दैन ।

४. व्यक्तिलाई सुन्दर देखाउन पनि हरियोे रंगको विशेष भूमिका रहने गरेको छ । हरियोे रंगका पहिरनले ब्यक्तिलाई आर्कषक बनाउने साथै अनुहारमा समेत चमक ल्याउने गर्दछ । हरियोे रंग ब्याकग्राउण्डमा हुदा तस्बिर समेत राम्रो आउने गर्दछ ।

५. धार्मिक ग्रन्थ अनुसार हरियोे रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ । हरियोे रंग धारण गर्ने ब्यक्तिमा बुधको प्रभाव प्रबल रहने भएकाले महिलालाई सन्तान सुखःको योग रहन्छ ।

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ७ : ५१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको