२०८३, १९ आश्विन मंगलबार

तीजमा हरियो सारी र चुरा लगाउनुका यस्तो छ कारण

तीजमा हरियो सारी र चुरा लगाउनुका यस्तो छ कारण


काठमाडौं , भदौ १६ : तिजको ब्रतको दिन महिला आफ्नो श्रृंगारमा हरियोे रंगलाई खास महत्व दिने गर्दछन् । तिजको ब्रतमा विवाहित नारीले सौभाग्यको रंग, रातो मन पराएजस्तै हरियोे रंगलाई पनि उत्तिकै प्राथमिकता दिने गरिएको छ । हरियोे रंगको चुरा, साडी, टिका, पोते लगायतका श्रृंगार सामाग्री हरियोे हुने गर्दछ । यसरी हरियोे रंग मन पराइनुको पछाडि विशेष कारण छ ।

१. हिन्दु धर्मका अनुसार केही विशेष रंगहरुलाई सौभाग्यको प्रतिक मानिन्छ । तिनै विशेष रंग भित्र हरियो रंग पनि पर्ने गर्दछ । हरियो रंगले जीवन र खुशिलाई जोड्ने विश्वास गरिन्छ । विवाहित नारीहरुले हरियोे रंगको चुरा लगाउँदा श्रीमानको जिवनमा खुशीयाली, सफलता आउने र श्रीमान स्वस्थ्य रहने विश्वास गरीन्छ ।

२. हरियोे रंगलाई प्राकृतिक रंग समेत भनिन्छ । रुख बिरुवाको समेत हरियो रंग हुने भएकाले हरियोे रंगलाई प्राकृतिक रुपमा समेत उत्तम मानिन्छ । यसले आखाँमा शितलता प्रदान गर्ने गर्दछ । साथै धार्मिक मान्यता अनुसार महिलाले हरियोे रंग लगाउँदा श्रीमानको आयु लामो हुने विश्वास गरिन्छ ।

३. तीजलाई प्रकृतिको हरियाली जतिकै महत्व दिइन्छ । तिजले महिलाको जिवनमा उमंग र स्फूर्ति बढाउने साथै परीवारमा समेत श्री वृद्धि गर्ने विश्वास गरिन्छ । हरियोे रंगले मानिसको चर्म रोग हटाउने तथा महिलाको नकारात्मक भावलाई समेत खिचेर लाने मान्यता छ । अन्य रंगभन्दा हरियोे रंगको धारण गरेमा ब्रतालु महिलाई सहज हुने भएकाले भोकै ब्रत बस्दा समेत खासै असर पार्दैन ।

४. व्यक्तिलाई सुन्दर देखाउन पनि हरियोे रंगको विशेष भूमिका रहने गरेको छ । हरियोे रंगका पहिरनले ब्यक्तिलाई आर्कषक बनाउने साथै अनुहारमा समेत चमक ल्याउने गर्दछ । हरियोे रंग ब्याकग्राउण्डमा हुदा तस्बिर समेत राम्रो आउने गर्दछ ।

५. धार्मिक ग्रन्थ अनुसार हरियोे रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ । हरियोे रंग धारण गर्ने ब्यक्तिमा बुधको प्रभाव प्रबल रहने भएकाले महिलालाई सन्तान सुखःको योग रहन्छ ।

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ७ : ५१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि