२०८३, १६ बैशाख बिहीबार

बम पड्काउने र ज्यान लिन धम्की दिने तीन जना पक्राउ

बम पड्काउने र ज्यान लिन धम्की दिने तीन जना पक्राउ


काठमाडौँ, १५ भदौ :  विभिन्न सरकारी कार्यालयका प्रमुखलाई आफू नेत्रविक्रमचन्द समूहको काठमाडौँ जिल्ला इन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र ज्यान लिनेसम्मको धम्की दिई रकम असुल्ने कार्यमा सङ्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–७ का ४२ वर्षीय विश्वराज शर्मा, झापाको भद्रपुरका ४१ वर्षीय सुवास कोइराला र भद्रपुर नगरपालिका–८ का २४ वर्षीय सुभम् घिमिरे छन् ।

तीनै जनालाई महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  ६ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले