२०८३, ५ आश्विन मंगलबार

काभ्रेका प्रहरी हवल्दार र जवानविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

काभ्रेका प्रहरी हवल्दार र जवानविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर


काठमाडौँ, १५ भदौ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मेलम्चीदेखि काठमाडौँतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्टसमेतका कर्मचारीले नदीजन्य पदार्थ ढुवानी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही समय पहिले आयोगले नियन्त्रणमा लिएको थियो ।

आयोगले उनीहरुबाट रु दुई हजार र विभिन्न कम्पनीका रु दुई लाख ९०० बराबरका रिचार्ज कार्डसमेत बरामद गरेको थियो । रासस

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  ६ : २२ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको