२०८२, २४ श्रावण शनिबार

सुनसरीमा हात्तीको आक्रमणबाट मृत्यु

सुनसरीमा हात्तीको आक्रमणबाट मृत्यु


इनरुवा, १५ भदौ : सुनसरीको कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय खरेखोलामा माछा मार्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेपछि मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । तीन दाजुभाइसँगै माछा मारिरहेका बेला आरक्षबाट आएको हात्ती देखेपछि दुई भाग्न सफल भएका र अनमोल हिलोमा भेटिएको अवस्थामा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । मृतक अनमोलको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  ६ : ११ बजे

ओली विनाको एमालेको कल्पना सम्भव छैन : पोलिटब्युरो सदस्य पाल

कन्चनपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी

ओलीको दूरदर्शिता बुझ्न समय लाग्छ : लेखराज भट्ट

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले

पार्टी निर्णय सबैले मान्नैपर्छ : अध्यक्ष जैशी

धनगढी। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीभित्र

मिसन ८४ को कमाण्डर केपी ओलीनैं हुन्‌: ढकाल

काठमाडौ । नेकपा एमालेका नेता भानुभक्त ढकालले नेकपा एमालेले अगाडि

२९ जिल्लामा लम्पी स्किन रोगको संक्रमण, साढे २७ हजार गाईभैंसी प्रभावित

काठमाडौं । देशका विभिन्न २९ जिल्लामा लम्पी स्किन रोग तीव्र