२०८२, १९ असार बिहीबार

अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो


काठमाडौं ,भदौ १३ : कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ ।

बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय बताउँछन् । जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएर रहेको बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवं धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला पुरुष दर्शनका लागि आएका स्थानीय वृजकिशोर यादवले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोरा श्रवणकुमारको मृत्यु भएको सुनेपछि प्राण त्याग गरेको किम्वदन्ती रहेको छ । विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेको तथा टाढा टाढाका दर्शनार्थीको घुइँचो लाग्ने गरेकामा अहिले यहाँ कहिलेकाहीँ विशेष दिनजस्तै बुबाको मुख हेर्ने वा आमाको मुख हेर्ने दिनमा मात्रै श्रद्धालु आउने गरेका स्थानीय हेमशङ्कर यादवले बताउनुभयो ।

आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस आउने गरेका स्थानीय सोनफी यादवले बताउनुभयो । बुबा, आमा नभएकाले यस स्थानमा आफ्ना बुबाआमाको सम्झना गर्दै बाबु तथा आमाको मुख हेर्ने दिनमा ठूलो सङ्ख्यामा आउने र अन्धाअन्धी स्थानलाई आफ्ना बुबाआमाको सम्झनाको केन्द्र बनाएको स्थानीय वृद्ध रामचन्द्र यादवले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्त भक्त तथा परम आज्ञाकारी छोरा श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबु आमालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएका बेला राजा दशरथको शब्दभेदी वाण लागी मृत्यु भएको र राजा दशरथले श्रवणकुमारका बाबुआमालाई पानी खुवाउन गएका बेला छोरा मरेको सुनेर अन्धाअन्धीले यसै ठाउँमा प्राण त्याग गरेको किम्वदन्ती छ ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखिनै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवं चर्चित छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो । तर सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्वद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

उनीहरुले धार्मिक एवं ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, सम्वद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घ सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०७६, १३ भाद्र शुक्रबार  १० : ५८ बजे

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग युएई

सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैनः प्रकाशमान सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी