२०८२, २५ श्रावण आईतबार

झरनाबाट खसेर सैनिकको मृत्यु

झरनाबाट खसेर सैनिकको मृत्यु


लमजुङ, १२ भदौ : बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट खसेर आज एक नेपाली सैनिकको मृत्यु भएको छ ।

दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको मृत्यु भएको हो ।

उक्त स्थानमा केही दिन अघि प्रथम क्यानोनिङ महोत्सव आयोजना गरिएको थियो । महोत्सवका कारण सो क्षेत्रमा भएको फोहरमैला सफाइ गर्न नेपाली सेनाको टोली त्यहाँ गएको हो । सरसफाइ गर्ने क्रममा श्रेष्ठ झरनाबाट खसेर घाइते भएका थिए । उनको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक वसन्त रानामगरले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ९ : ०५ बजे

चीनका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओ अनुसन्धानका लागि नियन्त्रणमा

बेइजिङ । चीनका उच्चस्तरीय कूटनीतिज्ञ र सम्भावित भावी विदेशमन्त्री लिउ

भूमि विधेयकको प्रतिवेदन लेखनमा मन्त्रालयको हस्तक्षेप, समितिबाट पारित हुन सकेन

काठमाडौं । भूमि सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमा

काठमाडौंमा गाईजात्रा ‘प्राइड परेड’ सम्पन्न,नाजिर हुसेनदेखि मन्त्रीसम्म फोटो फिचार

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार र पहिचानको

राज्यका सबै तहमा महिला अधिकार सुरक्षित छ : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेसको

कैलाली कारागारमा झडप : ४० घण्टापछि प्रहरीको प्रवेश, कैदीबन्दीको सङ्ख्या गणना

कैलाली । कैलाली कारागारमा शुक्रबार राति भएको झडपका कारण एक