२०८२, १८ मंसिर बिहीबार

राष्ट्रिय अनुसन्धान विभागले सेवा दिवस मनाइयो

राष्ट्रिय अनुसन्धान विभागले सेवा दिवस मनाइयो


काठमाडौँ, १२ भदौ : राष्ट्रिय अनुसन्धान विभागले नेपाल विशेष सेवा दिवस मनाएको छ । दिवसका अवसरमा आज विभागमा पूर्वराष्ट्रसेवक तथा बहालवाला कर्मचारीको उपस्थितिमा पुनर्मिलन कार्यक्रम गरिएको छ ।

विभागका प्रमुख मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले सरकारको नीतिगत निर्णयबाट सङ्गठनको जिम्मेवारी र कार्यक्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गरी सङ्गठनलाई प्राप्त जिम्मेवारीका साथ अगाडि बढाइने बताउनुभयो । उहाँले संस्थालाई व्यावसायिक ‘इन्टेलिजेन्स’ संस्थाका रुपमा विकास र विस्तार गर्ने, कर्मचारीको क्षमता विकास, वर्तमान कार्यशैलीमा परिवर्तन र प्रविधिको उच्चतम प्रयोग गरी परिचालित हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले इन्टेलिजेन्सको मूलभूत मान्यताअनुरुप परिचालन हुन मातहतका कर्मचारीलाई निर्देशन दिँदै सुशासन कायम गर्ने सरकारको नीतिअनुरुप विभागले कर्मचारी परिचालन गरेको र त्यसको सकारात्मक नतिजा देखिँदै गएको धारणासमेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा विभागका पूर्वप्रमुख विष्णुराज पन्तले विशेष सेवामा रहेर काम गर्न पाउनु गौरव भएकाले देशको सेवामा लाग्नुपर्ने बताउनुभयो । विभागले नेपाल विशेष सेवा ऐन लागू गरेको दिनको सम्झनामा दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा बुधबार १३३ जनाले रक्तदान गरेका थिए । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ६ : ५९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको