२०८३, १६ बैशाख बिहीबार

शिलबन्दी बोलपत्र च्याती फरार भएका दुई युवा पक्राउ

शिलबन्दी बोलपत्र च्याती फरार भएका दुई युवा पक्राउ


स्याङ्जा १२ भदौ : शिलबन्दी बोलपत्र च्याती फरार भएका दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । फरार भएका चापाकोट नगरपालिका– ४ का ३२ वर्षीय लालबहादुर थापा र चापाकोट–५ का ३७ वर्षीय सुक्रे भनिने निर्मल रानालाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

थापा र रानाले मङ्गलबार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरी कार्यालयको टेबलमा राखिएको शिलबन्दी बोलपत्र च्यातेको प्रहरीले जनाएको छ । मङ्गलबार बोलपत्र च्यातेर फरार रहेका दुवैलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ६ : ५६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले