२०८२, २६ कार्तिक बुधबार

दोलखा ६७ औँ खुला दिसामुक्त जिल्ला

दोलखा ६७ औँ खुला दिसामुक्त जिल्ला


चरिकोट १२ भदौ : आवश्यक पर्ने सूचक पूरा गर्दै दोलखालाई आज खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानीमन्त्री बीना मगरले नेपालको ६७ औँ जिल्लाका रुपमा दोलखालाई खुला दिसामुक्त भएको प्रमाणपत्र जिल्लास्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष डवल पाण्डेलाई हस्तान्तरण गर्नुहुँदै सो घोषणा गर्नुभएको हो ।

घोषणा समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले नेपालका ७७ वटै जिल्ला असोज महीनाभित्र खुला दिसामुक्त जिल्ला घोषणा गरी सक्ने गरी काम भइरहेको र दक्षिण एशियामा नै पहिलो राष्ट्रका रुपमा खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो । स्वच्छ खानेपानी सबै नागरिकको मैलिक हक भएको र त्यसको व्यवस्थापनका लागि आफूले आवश्यक अध्ययन गरी काम शुरु गरेको उहाँको भनाइ थियो । 

भूकम्पले क्षति पुगेको दोलखाका विभिन्न ठाउँको खानेपानी योजनाको पुनःनिर्माण र सहज तरिकाले खानेपानीको व्यवस्था मिलाउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । ‘खुला दिसामुक्त दोलखा जिल्लावासीको सान, दोलखा जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका प्रमुख पाण्डेले जिल्लाका सबै गाउँपालिका खुला दिसामुक्त घोषणा भइसकेका बताउनुभयो । 

सांसद पार्वत गुरुङले खुला दिसामुक्त जिल्ला घोषणा भएकामा खुशी व्यक्त गर्नुहुँदै चेतनास्तर वृद्धि भई जिल्ला समृद्धिका यात्रामा लागेको बताउनुभयो । पूर्वपर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, प्रदेश सदस्यद्वय पशुपति चौलागाईं र विशाल खड्कालगायतले सभालाई सम्बोधन गर्नुभएको थियो ।  रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ६ : ५० बजे

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि