२०८३, १६ बैशाख बिहीबार

संवैधानिक आयोग रित्तै

संवैधानिक आयोग रित्तै


काठमाडौं , भदौ १२: ललितपुरको पुल्चोकस्थित श्रमहल हातामा आदिवासी जनजातीको कार्यालय स्थापना भएको ११ महिना पुगिसकेको छ । दुईतले भवनको भुँइतलामा अध्यक्षसहित पाँच सदस्यका निम्ति कार्यकक्ष तयार गरिएका छन् ।

पदाधिकारी र सदस्यका निम्ति पाँचवटा ‘फोर्ड’ गाडी गत असारमै किनीयो । कर्मचारी पनि छन् । आयोगका चालक धनबहादुर तामाङ प्रत्येक दिन कार्यालय आएर हरेक १५ मिनेट गाडी स्टार्ट गर्छन् । ‘यसो नगरे नयाँ गाडी खियाँ लाग्छ’ बुधबार कार्यालय हातमा भेटिएका उनले भने,‘जुनसुकै बेला पदाधिकारी नियुक्त भएर आउनुहुन्छ भन्न सुनिन्छ । दुई महिनाभन्दा बढी भइसक्यो ।’ तर अहिलेसम्म पदाधिरकारी नियुक्त भएका छैनन् ।

त्यसैगरी अन्य आयोगको पनि अवस्था उस्तै छ । मधेसी, थारु र मुस्लिम आयोगमा अध्यक्षमात्र नियुक्त भएका छन् । समावेशी आयोगमा अध्यक्ष र एक सदस्य नियुक्त गरिए पन अध्यक्षद्वारा राजीनामा गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ६ : ५४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले