२०८२, १८ मंसिर बिहीबार

कोटेश्वरमा अत्यासलाग्दो जाम, सवारी जाम हटाउनै सकस

कोटेश्वरमा अत्यासलाग्दो जाम, सवारी जाम हटाउनै सकस


काठमाडौं, भदौ ११: चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौँ–भक्तपुरको मुख्य प्रवेश विन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ । त्यहाँको ट्राफिक व्यवस्थापनका लागि हरेक महिना छलफल हुन्छ, आकर्षक योजना बन्छन् तर कार्यान्वयन पक्ष शून्यजस्तै छ । यो जामले सबैलाई हैरान पारेको छ ।

अरनिको राजमार्ग भएर राजधानी आउने र जाने सवारी साधनहरू कतिपय अवस्थामा आधा घन्टादेखि दुई घन्टासम्म जाममा पर्ने गरेको गुनासो सर्वसाधारणको छ । त्यति मात्र होइन, कार्यालय आउने र जाने समयमा पनि दैनिक उत्तिकै सास्ती खप्नु परेको भनाइ यात्रु रामेश्वर श्रेष्ठको छ ।

चक्रपथ रुटमा चल्ने गाडी आउने र जाने दुवै सडक किनारामा त्यहीँ रोकेर ओराल्ने र चढाउने व्यवस्था छ तर त्यसमा समस्या बीसको उन्नाइस भएको छैन । यो समस्याको समाधानकै लागि यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जाम घटाउन रोक्न नपाउने तर चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) व्यवस्था लागू गरेको थियो तर केही दिनयता ‘पिक एन्ड ड्रप’बाट पनि जाम घटाउन नसकिएको भनाइ ट्राफिक प्रहरीको छ ।

कोटेश्वरचोकमा स्मार्ट ट्राफिक बत्तीका साथै आकासेपुलको अभाव छ । कार्यालय समयमा सर्वसाधारणले बाटो काट्ने र सवारी साधनहरू पनि चारैतर्फबाट एकैसाथ पुग्ने भएकाले लामो जाम हुने गरेको भनाइ त्यहाँ कार्यरत ट्राफिक प्रहरीको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ११ भाद्र बुधबार  ७ : २६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको