२०८३, १६ बैशाख बिहीबार

ब्राउनसुगरसहित दुई जना पक्राउ

ब्राउनसुगरसहित दुई जना पक्राउ


काठमाडौँ, १० भदौ : प्रहरीले कागेश्वरी–मनहरा नगरपालिका–७ बाट आज लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–८ का २७ वर्षीय अनिल बोहोरा र सोही ठाउँका ३२ वर्षीय विनोद बोहरा छन् । महानगरीय प्रहरी प्रभाग काँडाघारीको टोलीले जाँच गर्ने क्रममा उनीहरुका साथबाट लागुऔषध बरामद गरेको हो ।

यसैबीच बैंकिङ कसुर मुद्दाका फरार काठमाडौँ तारकेश्वर नगरपालिका–११ का ५५ वर्षीय प्रभातविक्रम थापालाई पक्राउ गरी जेल चलान गरिएको छ । सो मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत ४ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु आठ लाख ५० हजार जरिवाना गरिएको थियो ।

फरार रहेका थापालाई गल्कोपाखाबाट पक्राउ गरी सोमबार काठमाडौँ जिल्ला अदालत समक्ष पेश गरिएको थियो । अदालतको आदेशअनुसार थापालाई कैद भुक्तानीका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, १० भाद्र मंगलबार  ७ : ३२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले