२०८२, २८ चैत्र आईतबार

एनसेल लाभकर विवाद: ठूला करदाता कार्यालयले निर्धारण गरेकोे कर सर्वोच्चबाट बदर

एनसेल लाभकर विवाद: ठूला करदाता कार्यालयले निर्धारण गरेकोे कर सर्वोच्चबाट बदर


काठमाडौं , भदौ १० : सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले एनसेलको लाभकरको विषयमा निर्धारण गरेको कर प्रक्रियालाई बदर गरेको छ । राजधानी दैनिकले खबर छापेकाे छ । न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले करदाता कार्यालयले गरेको कर निर्धारणको प्रक्रिया बदर गर्ने फैसला गरेको हो ।

ठूला करदाता कार्यालयले एनसेलको सेयर खरिद बिक्रीमा भएको लाभकर, लाभकरको ५० प्रतिशत जरिमाना तथा त्यसमा लाग्ने ब्याजसहित आयकर ऐनको दफा १२० (क) बमोजिम कर निर्धारण गरेको थियो । सर्वोच्च अदालतले एनसेललाई आयकर ऐनको दफा १२० (क) बमोजिम लगाएको शुल्क उक्त दफाको विपरीत देखिएको हुँदा त्यसलाई खारेज गरेको हो । त्यसबाहेक एनसेलले माग गरेका अन्य सुविधा भने सर्वोच्च अदालतले बदर गरिदिएको छ । एनसेलले अग्रिम लाभकरबापत (१५ प्रतिशत) २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार रुपैयाँ तिरेको जिकिर गर्दै बाँकी (१० प्रतिशत) १४ अर्ब रुपैयाँ रकम हाराहारी मात्रै असुल गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

यसअघि सर्वोच्चकै फैसलाको आधारमा ठूला करदाता कार्यालयले एनसेलसँग ३९ अर्ब ६ करोड रुपैयाँ तिर्नुपर्ने भनी कर निर्धारण गरेको थियो । कर निर्धारण गर्दा ठूला करदाता कार्यालयले अपनाएको प्रक्रिया कानुनसम्मत नभएको दाबी गर्दै एनसेलको तर्फबाट रमेश घिमिरेले ठूला करदाता कार्यालय, हरिहर भवन, आन्तरिक राजस्व विभाग लाजिम्पाट र ठूला करदाता कार्यालयलाई विपक्षी बनाएर पुनरावलोकन माग गर्दै रिट दर्ता गरेको थियो ।

यसअघि २३ माघ २०७५ मा प्र्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानसहितको पूर्ण इजलासको फैसलाले एनसेललाई पुनः कर निर्धारण गरी उठाउनुपर्ने लाभकर उठाउन फैसला गरेको थियो । सो फैसलापछि ठूला करदाता कार्यालयले एनसेलको कर निर्धारण गरेको थियो ।

सर्वोच्चको फैसलाको पूर्ण पाठपछि ठूला करदाता कार्यालयले एनसेलसँग ३९ अर्ब ६ करोड रुपैयाँ तिर्नुपर्ने भनी कर निर्धारण गरेको थियो । एनसेलले १४ अर्ब रुपैयाँ मात्र आफूले तिर्नुपर्ने दायित्व हुने दाबी गर्दै ठूला करदाता कार्यालयको निर्णयलाई चुनौती दिएको थियो । ठूला करदाता कार्यालयको कर निर्धारणले अन्यायमा परेको भन्दै एनसेलले गत ९ वैशाखमा सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो ।

कर निर्धारण गर्दा ब्याजसहित असुल गर्न खोजेको आरोप लगाउँदै एनसेल सर्वोच्च अदालत पुगेर ठूला करदाता कार्यालयविरुद्ध रिट दायर गरेको थियो । सो कार्यालयले गरेको कर निर्धारण संविधान, कानुन र ऐनविपरीत रहेको आरोप लगाउँदै एनसेल ठूला करदाताले तोकेभन्दा करिब २५ अर्ब कम पुँजीगत लाभकर तिर्न बाँकी रहेको भन्दै सर्वोच्च पुगेको थियो ।

एनसेलको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले एनसेल लाभकर विवादमा कर निर्धारण मनासिव नदेखिएको भन्दै १२ वैशाखमा अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश श्रेष्ठको इजलासले एनसेलसँग तत्काल कर असुल नगर्न ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसपछि २४ वैशाख २०७६ मा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले एनसेलको नाममा अन्तरिम आदेश जारी गर्दै सो मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने आदेश दिएको थियो ।

एनसेलले कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ तिर्नुपर्ने र जसमध्ये एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रुपैयाँ कर बुझाइसकेको ठूला करदाता कार्यालयले जनाएको छ । एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ बुझाउनुपर्ने भन्दै सो करबापतको रकम सात दिनभित्र बैंकमा दाखिला गर्न कार्यालयले निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०७६, १० भाद्र मंगलबार  ६ : ५७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४