२०८२, ६ फाल्गुन बुधबार

संविधानले दिएको अधिकार प्रयोग गर्न नदिए संघीयता धरापमा पर्छ : सांसद लम्साल

संविधानले दिएको अधिकार प्रयोग गर्न नदिए संघीयता धरापमा पर्छ : सांसद लम्साल


हेटौंडा, ९ भदौ : प्रदेश नम्बर ३ को प्रदेश सभामा प्रदेशको स्थायी राजधानीको विषयमा सांसदहरुले कुरा उठाएका छन् ।

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडाबाट सार्न र स्थायी राजधानी तोक्नका लागि सत्तारुढ दलकै मतलाई विभाजित गराउँदै प्रकृया मै लैजान समेत आनाकानी गरी अलमल्याउने गरिएको छ । अलिहेसम्म समिति बनाएर अध्ययन प्रतिवेदन बुझ्ने र झारो टार्ने काममा मात्रै राजधानीको विषयलाई सीमित बनाईएको छ ।

काभ्रे जिल्लाकै शिलशिलामा संसदमा बोल्दै काभ्रेको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने सांसद लक्ष्मण लम्सालले प्रदेश सांसदलाई संविधानले दिएको अधिकार प्रयोग गर्न नदिए संघीयता नै धरापमा पर्ने बताए । प्रदेश सभा वैठकमा प्रदेशको स्थायी राजधानी टुंग्याउने विषयमा प्रदेश सांसदलाई अधिकार उपयोग गर्नबाट बञ्चित गरिएको प्रशंग निकाल्दै उनले संविधानले दिएको अधिकारलाई कुण्ठिन गर्नु भनेको संघीयताको मर्म विपरित भएको बताएका थिए । सोमबार बसेको प्रदेश सभा ३ को बैठकमा बोल्ने अधिकांश सांसदले स्थायी राजधानीको बारेमा संसदमा विषय प्रवेश गराउन आलटाल गरेको गरेको प्रति आक्रोश व्यक्त गरेका थिए ।

काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने अर्का प्रदेश सभा सदस्य सांसद रत्न ढकालले पनि राजधानीको विषयलाई संसदमा प्रवेश नगराएको भन्दै हाउसको मर्यादा राख्न प्रदेश सरकारसँग आग्रह गरेका थिए ।

बैठकमा सत्ता पक्ष मात्रै होइन प्रतिपक्ष दलका सांसदले पनि स्थायी राजधानीको लागि संसदमा विषय प्रवेश गराउन ढिलाई गरेको भन्दै सांसदलाई महत्वहीन बनाएको बताएका थिए ।

प्रकाशित मिति : २०७६, ९ भाद्र सोमबार  ११ : १४ बजे

धर्मेन्द्र बास्तोलाविरुद्ध सार्वजनिक शान्ति खलल मुद्दा दर्ता

काठमाडौँ । नेकपा बहुमतका प्रतिनिधिसभा सदस्य धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद

ट्रिपरको ठक्करमा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले

“यज्ञबहादुर बोगटी : जसले अछामी जनताको जीवन बदलिदिए”

काठमाडौं । सुन्दर सुदूरपश्चिमको अछाम, जहाँ हरियाली छ तर भौतिक

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण