२०८२, १६ बैशाख मंगलबार

संविधानले दिएको अधिकार प्रयोग गर्न नदिए संघीयता धरापमा पर्छ : सांसद लम्साल

संविधानले दिएको अधिकार प्रयोग गर्न नदिए संघीयता धरापमा पर्छ : सांसद लम्साल


हेटौंडा, ९ भदौ : प्रदेश नम्बर ३ को प्रदेश सभामा प्रदेशको स्थायी राजधानीको विषयमा सांसदहरुले कुरा उठाएका छन् ।

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडाबाट सार्न र स्थायी राजधानी तोक्नका लागि सत्तारुढ दलकै मतलाई विभाजित गराउँदै प्रकृया मै लैजान समेत आनाकानी गरी अलमल्याउने गरिएको छ । अलिहेसम्म समिति बनाएर अध्ययन प्रतिवेदन बुझ्ने र झारो टार्ने काममा मात्रै राजधानीको विषयलाई सीमित बनाईएको छ ।

काभ्रे जिल्लाकै शिलशिलामा संसदमा बोल्दै काभ्रेको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने सांसद लक्ष्मण लम्सालले प्रदेश सांसदलाई संविधानले दिएको अधिकार प्रयोग गर्न नदिए संघीयता नै धरापमा पर्ने बताए । प्रदेश सभा वैठकमा प्रदेशको स्थायी राजधानी टुंग्याउने विषयमा प्रदेश सांसदलाई अधिकार उपयोग गर्नबाट बञ्चित गरिएको प्रशंग निकाल्दै उनले संविधानले दिएको अधिकारलाई कुण्ठिन गर्नु भनेको संघीयताको मर्म विपरित भएको बताएका थिए । सोमबार बसेको प्रदेश सभा ३ को बैठकमा बोल्ने अधिकांश सांसदले स्थायी राजधानीको बारेमा संसदमा विषय प्रवेश गराउन आलटाल गरेको गरेको प्रति आक्रोश व्यक्त गरेका थिए ।

काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने अर्का प्रदेश सभा सदस्य सांसद रत्न ढकालले पनि राजधानीको विषयलाई संसदमा प्रवेश नगराएको भन्दै हाउसको मर्यादा राख्न प्रदेश सरकारसँग आग्रह गरेका थिए ।

बैठकमा सत्ता पक्ष मात्रै होइन प्रतिपक्ष दलका सांसदले पनि स्थायी राजधानीको लागि संसदमा विषय प्रवेश गराउन ढिलाई गरेको भन्दै सांसदलाई महत्वहीन बनाएको बताएका थिए ।

प्रकाशित मिति : २०७६, ९ भाद्र सोमबार  ११ : १४ बजे

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई

आजको मौसम : कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु

एनआरएनए एकता महाधिवेशन उदघाटन गर्न राष्ट्रपतिलाई निम्तो 

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को यही वैशाख २०

शिक्षा ऐन तत्काल जारी गर्न महासंघको आग्रह

काठमाडौं: राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर

सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थी भर्ना !

सिन्धुली: वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका