२०८२, १८ मंसिर बिहीबार

भक्तपुरका अधिकांश पसल अवैध

भक्तपुरका अधिकांश पसल अवैध


भक्तपुर, ९ भदौ: चाँगुनारायण नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको पाइएको छ । आज नगरपालिकाको वडा नम्बर ५ र ७ खरिपाटीका निर्माण सामग्रीको बिक्री वितरण गर्दै आएका पसल, किराना पसल, खाजा घर, चिया पसल, सुनचाँदी पसल र औषधि पसलको अनुगमन गरिएको थियो ।

नगर उपप्रमुख बिना बाँस्तोलाको नेतृत्वमा गएको अनुगमन टोलीले खरिपाटीको अमन खाजा घर, जाल्पा खाजा घर, न्यू सर्लाही हेयर डे«सर एण्ड जेन्ट्स पार्लर, अन्जु भेष लेडिज टेलर्स, सुनचाँदी पसल, हार्डवेयर पसल दर्ता नभएको र औषधि पसलले अनुमतिसमेत नलिएको पाएको छ । निर्माण सामग्रीको खरीद बिक्री मूल्य, दर्ता, सामग्रीको तौललगायत किराना पसलमा दैनिक उपभोग्य वस्तुको अनुगमन गरिएको बाँस्तोलाले बताउनुभयो ।

“यहाँका अधिकांश पसल बिना दर्ता सञ्चालन गरेको पाइयो”, उहाँले भन्नुभयो । दर्ता नभएका पसललाई १५ दिनभित्र दर्ता गर्न, मूल्य सूचि सबैले देख्ने ठाउँमा राख्न, कारोवार गर्दा अनिवार्य बिल दिन, म्याद नाघेका खानेकुरा छुट्टयाएर राख्न, दर्ता एवम अनुमतिपत्रसमेत नभएका औषधि पसल तुरुन्त बन्द गरी दर्ता एवं अनुमतिपत्र भएका व्यक्ति मात्र पसलमा बस्न अनुगमन टोलीले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७६, ९ भाद्र सोमबार  ७ : २९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको