२०८२, १५ असार आईतबार

प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद बैठक सिंगापुरबाटै चलाउँदै

प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद बैठक सिंगापुरबाटै चलाउँदै


काठमाडौं, ९ भदौ । स्वस्थ्य उपचारका लागि सिंगापुरमा रहनु भएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रविधिको उपयोग गर्दै आज बस्ने मन्त्री परिषदको बैठक सिंगापुरबाटै चालउने भएका छन् ।
मन्त्रीपरिषद बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नेछन्।

आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ। भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि मन्त्रीपरिषद बैठकद्वारा प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु गरिएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य अवस्थामा रहेको उनका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाहले जनकारी दिएकी छन्।

प्रकाशित मिति : २०७६, ९ भाद्र सोमबार  ९ : २४ बजे

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ