२०८३, २९ श्रावण शनिबार

काभ्रेको तेमालमा आज कुलमान घिसिङ आउँदै

काभ्रेको तेमालमा आज कुलमान घिसिङ आउँदै


धुलिखेल, ७ भदौ : काभ्रेको नेमाल गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तेमाल आउने भएका छन् ।

तेमालमा तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्थाको आयोजनामा वितरण गर्न लागिको विद्युतीय चुलो वितरण कार्यक्रममा घिसिङ आउने भएका हुन् । सहकारी संस्थाका अध्यक्ष सार्कीमान तामाङका अनुसार तेमालमा पहिलो चरणमा ३ सय ८४ घरधुरीमा विद्युतीय चुलो वितरण गरिने तयारी भएको छ ।

०६४ सालमा शुरु भएको तेमाल विद्युतीकरण कार्यक्रममा काठे पोलहरुका कारण विद्युत सेवा प्रवाह अबरुद्ध हुँदा उपभोक्ताहरुले सास्ती खेप्दै आएका छन् । हाल वितरण गर्न लागिएको चुलोलाई उपभोक्ताले ६ हजार ७ सय रुपियाँ शुल्क बुझाउनु पर्छ । यो शुल्कमा सबै ग्राहकले १ हजार १ सय रुपियाँ कुपनमार्फत छुट प्राप्त गर्नेछन् । चुलोका सेटसँगै १ कुकर, १ कराई र १ ताप्के पनि उपभोक्ता पाउनेछन् ।

सहकारीले चुलोका उपभोक्ता १० रुपियाँ प्रतिमहिना महसुल मिनाहा गर्ने जनाएको छ । यो शुल्क ग्राहकलाई ६ महिनासम्म मात्रै छुट गर्ने संस्थाका अध्यक्ष तामाङले बताएका छन् । तेमाल सामुदायिक विद्युत सहकारी संस्थाले व्यहोर्ने १० रुपियाँ सहित अन्य सहयोगी संस्था समेतको सहयोगमा चुलोका ग्राहकले प्रति महिना १ सय ५० रुपियाँ छुट प्राप्त गर्नेछन् ।

अधिकांश लोड सेण्टरहरुमा ५० के.भि.ए. क्षमताको ट्रान्सफरमरहरु भएकाले ग्राहक संख्याका आधारमा त्यसलाई १०० केभिए क्षमतामा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको सहकारीका सचिव ईन्द्रमान तामाङले बताए । हाल तेमालमा ५० केभिए क्षमताको ट्रन्सफरमर २० समेत गरी जम्मा ३३ वटा ट्रान्सफरमर (लोडसेण्टर) अन्तर्गत ५ हजार ५ सय सेवाग्राही रहेका छन् ।

ग्राहक संख्या हरेक साल थपिरहँनाले समस्याहरु पनि थपिंदै जाने गरेकाले पनि ट्रान्सफरमरको क्षमता वृद्धि गर्नु परेको हो, संस्थाका सचिव तामाङले बताए । यसैगरी काठको पोल विस्थापित गर्नका लागि समुदायबाट सामुदायिक संस्थामा आवद्ध रहेका ग्राहकहरुले हाल व्यहोर्नुपर्ने १० प्रतिशत वापतको हुन आउने रकम रु १ करोड ६० लाख संकलन गर्न समस्या भएको संस्थाका अध्यक्ष सार्कीमान तामाङ बताउँछन् ।

समग्र तेमालको विद्युतीकरण कार्यक्रम सम्पन्न गर्नका लागि विदेशी सहयोगी संस्था ‘साथसाथै नेपाल’ नेदरल्याण्डबाट ४९ लाख ४४ हजार, तत्कालिन तेमालका ७ वटा गाउँ विकास समितिहरुबाट ४९ लाख, जिल्ला विकास समिति काभ्रेबाट ५ लाख र सांसद विकास कोषबाट ४ लाख १५ हजार अनुदान सहयोग रहेको यो कार्यक्रममा समुदायबाट १ हजार ९ सय १३ रुपियाँ तत्कालिन ठूलोपर्सेल गाउँ विकास समिति बाहेकबाट संकलन भएको थियो ।

प्रकाशित मिति : २०७६, ७ भाद्र शनिबार  ८ : १५ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका