२०८२, १२ माघ सोमबार

पाकिस्तान र नेपालका विदेशमन्त्री फोन वार्ता, संवादमा जानुपर्छ : मन्त्री ज्ञवाली

पाकिस्तान र नेपालका विदेशमन्त्री फोन वार्ता, संवादमा जानुपर्छ : मन्त्री ज्ञवाली


काठमाडौं, ६ भदौ। छिमेकी मुलुकहरु भारत र पाकिस्तानको सीमा क्षेत्र काश्मिरमा भएको तनावका बारेमा नेपालले आफ्नो भूमिका स्पष्ट पार्न पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले परराष्ट मन्त्री प्रदिव ज्ञवालीलाई आग्रह गरेका छन् । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंको दुईदिने भ्रमण सकेर दिल्ली फर्किएलगत्तै पाकिस्तानी विदेशमन्त्रीले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेका हुन् ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोनमार्फत कश्मीरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपालको भूमिका खोजेका हुन् । ‘उहाँले मलाई फोन गरेर कश्मीर अवस्थाबारे जानकारी गराउँदै सीमा क्षेत्रमा तनाव बढेको बताउनुभयो । नेपाललले यो परिस्थितिमा आफ्नो भूमिकाको बारेमा विचार गरोस् भन्दै उहाँले पाकिस्तानी दृष्टिकोण राख्नुभयो’,–मन्त्री ज्ञवालीले भने, आफूले कश्मीर समस्याको हल दुवै देश बीचको संवादबाट निकाल्नुपर्ने जवाफ दिएको छु । नेपालले कश्मीरमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र आफूहरु क्षेत्रीय शान्ति तथा स्थिरताको पक्षमा रहेको मन्त्री ज्ञवालीको भनाई छ ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  ४ : ४५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै