२०८३, २४ भाद्र बिहीबार

हर्सोल्लासका साथ कृष्णअष्टमी मनाइयो

हर्सोल्लासका साथ कृष्णअष्टमी मनाइयो


काठमाडौं, ६ भदौ । देशका विभन्न भागमा रहेको भगवान श्रीकृष्णको मन्दिरमा हिन्दुधर्मावलम्वीहरुले कृष्णजन्मोत्सव मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानेनि भगवान श्रीकृष्णको हिन्दूधर्ममा विशिष्ट महत्व र महिमा छ ।

द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा उनको जन्म भएको विश्वासका आधारमा हरेक वर्ष हिन्दूधर्मावलम्वीले मनाउने कृष्णजन्मोत्सवका अवसरमा ललितपुरको पाटनमा रहेको भगवान श्रीकृष्णको मन्दिरमा व्यापक घुँइचोका साथ हिन्दुधर्मावलम्बीहरु सहभागी भएका छन् । आज शुक्रबार बिहानैदेखि देशभर रहेका कृष्णप्रेमीहरूले उनको भक्तिपूर्वक पूजा–आराधनाका साथ श्रीकृष्णको मन्दिरहरुमा भजन÷किर्तन गरिरहेका छन् । त्यस्तै काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा पनि श्रीकृणप्रेमीहरुको घुइँचो छ ।

आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन्। यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ। कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन जन्म भएको धार्मिक विश्वास छ। कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो। श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरेको विश्वास गरिन्छ। श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए। युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए। यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो। यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  ४ : २३ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको