२०८२, १८ मंसिर बिहीबार

हर्सोल्लासका साथ कृष्णअष्टमी मनाइयो

हर्सोल्लासका साथ कृष्णअष्टमी मनाइयो


काठमाडौं, ६ भदौ । देशका विभन्न भागमा रहेको भगवान श्रीकृष्णको मन्दिरमा हिन्दुधर्मावलम्वीहरुले कृष्णजन्मोत्सव मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानेनि भगवान श्रीकृष्णको हिन्दूधर्ममा विशिष्ट महत्व र महिमा छ ।

द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा उनको जन्म भएको विश्वासका आधारमा हरेक वर्ष हिन्दूधर्मावलम्वीले मनाउने कृष्णजन्मोत्सवका अवसरमा ललितपुरको पाटनमा रहेको भगवान श्रीकृष्णको मन्दिरमा व्यापक घुँइचोका साथ हिन्दुधर्मावलम्बीहरु सहभागी भएका छन् । आज शुक्रबार बिहानैदेखि देशभर रहेका कृष्णप्रेमीहरूले उनको भक्तिपूर्वक पूजा–आराधनाका साथ श्रीकृष्णको मन्दिरहरुमा भजन÷किर्तन गरिरहेका छन् । त्यस्तै काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा पनि श्रीकृणप्रेमीहरुको घुइँचो छ ।

आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन्। यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ। कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन जन्म भएको धार्मिक विश्वास छ। कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो। श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरेको विश्वास गरिन्छ। श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए। युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए। यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो। यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  ४ : २३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको