२०८२, ३ माघ शनिबार

के श्रीकृष्णका १,१०८ पत्नी थिए ?

के श्रीकृष्णका १,१०८ पत्नी थिए ?


भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात श्रीकृष्णा जन्मष्टमी नजिकिदै गएको छ । जन्मष्टमीका दिनमा सर्वत्र भगवान कृष्णको चर्चा र महिमागानका साथ पूजाआजा हुने गर्दछ । पौराणिक कथाअनुसार भगवान श्रीकृष्णका १ हजार १ सय ८ पत्नीहरु रहेको बताइन्छ । आखिर यस कुरामा कतिको सत्यता छ त ?

श्रीकृष्ण भगवानको रासलीलाका बारेमा भक्तहरु जानकार हुनुहुन्छ । जब गोकुलमा कृष्णले सबै गोपिनीका माझ एकसाथ अनेक रूप धारण गरी महारास रच्नु भएको थियो, त्यहि नै रासलीला हो । पुराणकाअनुसार श्रीकृष्णका १६ रानी थिए । तर महाभारतका अनुसार रुक्मिणी बाहेक श्रीकृष्णका १ हजार १ सय ८ पत्नी थिए । श्रीकृष्णले रुक्मिणीको हरण गरी उनैसँग विवाह गरेका थिए । विदर्भ राज्यका राजा भीष्मककी पुत्री रुक्मिणी भगवान कृष्णसँग प्रेम गर्दथिइन् ।

पुराणमा उल्लेख भएअनुसार भूमासुर नामक दानवले अमर हुनका निम्ति १६ हजार कन्याको बलि दिने निश्चय गरी तिनको अपहरण गरी कारावासमा राखेको थियो । श्रीकृष्णले ति १६ हजार कन्यालाई कारावासबाट मुक्त गरी स्वतन्त्र गरेका थिए । तर ति कन्याका परिवारले अपहरणमा परेकाले उनीहरुको चरित्रमा प्रश्न उठाउदैँ अपनाएनन् ।

तब श्रीकृष्ण भगवानले १६ हजार रुपमा प्रकट भई एक साथ सबैसँग विवाह गरेका थिए । ति १६ हजार विवाहबाहेक श्रीकृष्णको केही प्रेम विवाहहरु पनि भएका थिए । इन्द्रप्रस्तमा पान्डवसँग भेट गर्न जादाँ श्रीकृष्णले सूर्य पुत्री कालिन्दीसहित १ सय जनासँग विवाह गरेका थिए । समाजबाट बहिष्कृत हुने डरले ति कन्याले श्रीकृष्णलाई पति माने पनि कृष्णले भने पत्नीका रुपमा स्विकार नगरेको केहि कथामा उद्घृत छ । अधिकांश पौराणिक कथाअनुसार भगवान श्रीकृष्णका ८ पत्नीमात्र थिए । जसको नाम रुक्मिणी, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा थिए ।

प्रकाशित मिति : २०७६, ५ भाद्र बिहीबार  ५ : ३७ बजे

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको

ड्यालसमा गुञ्जिँदै तामाङ संस्कृति: ‘सोनाम ल्होछार २०८२’ भव्य तयारी

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा बसोवास गर्ने तामाङ समुदायले आफ्नो

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार