२०८३, २४ भाद्र बिहीबार

के श्रीकृष्णका १,१०८ पत्नी थिए ?

के श्रीकृष्णका १,१०८ पत्नी थिए ?


भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात श्रीकृष्णा जन्मष्टमी नजिकिदै गएको छ । जन्मष्टमीका दिनमा सर्वत्र भगवान कृष्णको चर्चा र महिमागानका साथ पूजाआजा हुने गर्दछ । पौराणिक कथाअनुसार भगवान श्रीकृष्णका १ हजार १ सय ८ पत्नीहरु रहेको बताइन्छ । आखिर यस कुरामा कतिको सत्यता छ त ?

श्रीकृष्ण भगवानको रासलीलाका बारेमा भक्तहरु जानकार हुनुहुन्छ । जब गोकुलमा कृष्णले सबै गोपिनीका माझ एकसाथ अनेक रूप धारण गरी महारास रच्नु भएको थियो, त्यहि नै रासलीला हो । पुराणकाअनुसार श्रीकृष्णका १६ रानी थिए । तर महाभारतका अनुसार रुक्मिणी बाहेक श्रीकृष्णका १ हजार १ सय ८ पत्नी थिए । श्रीकृष्णले रुक्मिणीको हरण गरी उनैसँग विवाह गरेका थिए । विदर्भ राज्यका राजा भीष्मककी पुत्री रुक्मिणी भगवान कृष्णसँग प्रेम गर्दथिइन् ।

पुराणमा उल्लेख भएअनुसार भूमासुर नामक दानवले अमर हुनका निम्ति १६ हजार कन्याको बलि दिने निश्चय गरी तिनको अपहरण गरी कारावासमा राखेको थियो । श्रीकृष्णले ति १६ हजार कन्यालाई कारावासबाट मुक्त गरी स्वतन्त्र गरेका थिए । तर ति कन्याका परिवारले अपहरणमा परेकाले उनीहरुको चरित्रमा प्रश्न उठाउदैँ अपनाएनन् ।

तब श्रीकृष्ण भगवानले १६ हजार रुपमा प्रकट भई एक साथ सबैसँग विवाह गरेका थिए । ति १६ हजार विवाहबाहेक श्रीकृष्णको केही प्रेम विवाहहरु पनि भएका थिए । इन्द्रप्रस्तमा पान्डवसँग भेट गर्न जादाँ श्रीकृष्णले सूर्य पुत्री कालिन्दीसहित १ सय जनासँग विवाह गरेका थिए । समाजबाट बहिष्कृत हुने डरले ति कन्याले श्रीकृष्णलाई पति माने पनि कृष्णले भने पत्नीका रुपमा स्विकार नगरेको केहि कथामा उद्घृत छ । अधिकांश पौराणिक कथाअनुसार भगवान श्रीकृष्णका ८ पत्नीमात्र थिए । जसको नाम रुक्मिणी, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा थिए ।

प्रकाशित मिति : २०७६, ५ भाद्र बिहीबार  ५ : ३७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको