२०८२, १८ मंसिर बिहीबार

गायत्री मन्त्रको अर्थ थाहा छ ?

गायत्री मन्त्रको अर्थ थाहा छ ?


धेरैलाई गायत्री मन्त्र आउँछ । नआए पनि रेडियो तथा टेलिभिजनका धार्मिक कार्यक्रममा सुन्नु भएकै होला । तर गायत्री मन्त्रको अर्थ सवैलाई थाहा नहुन सक्छ ।
पहिले पहिले व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीहरूले मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । गायत्री मन्त्र अरुलाई सुनाउनु हुँदैन भन्ने गरिन्थ्यो । अचेल गायत्री मन्त्र गोप्य रहेन । यत्रतत्र गायत्री मन्त्र बजाइने गरेको पाइन्छ ।

गायत्री मंत्र :
ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्

अर्थ : (ॐ) यो प्रभुको मुख्य नाम हो ।

त्यो प्राणहरूको प्राण (भूः), दुःखनाशक (भुवः) सुखस्वरूप (स्वः) हो । त्यो (तत्) सकल जगतका उत्पादक (सवितुः), प्रभुको (देवस्य) ग्रहणयोग्य (वरेण्यं), विशुद्ध तेज (भर्गः) लाई हामी धारण गरौं (धीमही) जुन प्रभु (यः) हाम्रो (नः) बुद्धिहरूलाई (धियः) असल मार्गमा प्रेरित गरून् (प्रचोदयात्) ।

अर्थात सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् । गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरूप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरू उपलब्ध हुन्छन् ।

गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवं आत्मिक आनन्द प्राप्त गर्दछन् भन्ने धार्मिक मान्यता छ । दिनदिनै गायत्री मन्त्र अनिवार्य रूपमा जप गर्नुपर्छ भनी शास्त्र उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६, ५ भाद्र बिहीबार  ५ : २८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको