२०८३, ८ कार्तिक आईतबार

रविलाई पाँच दिनको समय थप गर्नुको कुनै तुक छैनः वरिष्ठ अधिवक्ता सुनिल पोखरेल

रविलाई पाँच दिनको समय थप गर्नुको कुनै तुक छैनः वरिष्ठ अधिवक्ता सुनिल पोखरेल


चितवन, ३ भदौ : शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने सहित तीन जनालाई जिल्ला अदालत चितवनले ५ दिनको समय थप गरि अनुसन्धान गर्नका लागि अनुमति दिएको छ ।

आज मात्रै वयान सकेर समय थप गर्ने नगर्ने भन्ने विषयमा भएको वहसपछि अनुसन्धानका लागि अदालतले ५ दिनको समय थप गर्ने निर्णय गरेको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको ईजलासले निर्णय गरेको हो । सरकारका तर्फवाट जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधीवक्ता यदुनाथ शर्माले थप अनुसन्धानका लागि १० दिनको समय माग गर्नु भएको थियो । सोको विरोधमा लामिछाने र युवराज कडेंलको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता सुनिलकुमार पोख्रेल, चुडामणि सापकोटा, अस्मिता कार्कीका तर्फवाट अधिवक्ता नारायण गिरीले वहस गर्नु भएको थियो ।

वहसका क्रममा उहाँहरुले लामिछाने सहित अन्य आरोपितहरु निर्दोष रहेको भन्दै रिहाईका लागि माग गर्नु भएको थियो । यस्तै भिडियोमा पुडासैनीले नाम उल्लेख गरेका न्यूज २४का दीपक वोहोरा सहितका अन्यलाई सरकारी साँचीका रुपमा वोलाउने निर्णय गरेको, भिसेरा रिपोट आउन वाँकी रहेको, पोष्टमाटमको रिपोर्ट हेर्न वाँकी, डोरी किनेको ठाउँको भिडियो र अन्य भिडियोको वैज्ञानीक अनुसन्धान गरिनु पर्ने लगायतका काम वाँकी रहेकाले थप पाँच दिनका लागि समय थपिएको हो ।

तर, सरकारी वकिलले प्रस्तुत गरेको कुनै पनि कारणले लामिछाने र कँडेललाई नियन्त्रणमा लिनुको तुक नरहेको वरिष्ठ अधिवक्ता सुनिल पोखरेलको भनाइ छ । बोहोरालगायतका चितवनमै रहेको, थुनामा राखेर मुद्दा अनुसन्धान गर्ने प्रहरीको अधिकार नभएको र यो अदालतको स्वविवेक भएकाले यसका लागि वस्तुगत आधारको आवयकता रहने अधिवक्ता पोखरेलले बताउनुभयो । पोखरेलले प्रहरीका चार वटै आधारले मानिस थुनामा राखेर अनुसन्धान गर्न नमिल्ने उहाँको तर्क छ ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ८ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना