२०८२, २६ फाल्गुन बुधबार

गाउँपालिकाले बनाइदियो वृद्ध दम्पतीको घर

गाउँपालिकाले बनाइदियो वृद्ध दम्पतीको घर


पाल्पा, ३ भदौ : रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा वृद्ध दम्पतीको घर निर्माण गरिएको छ । वडा नं ४ डोकेडाँडाका ७५ वर्षीय डिलबहादुर कामीको घर भूकम्पका कारण भत्किएको थियो । आर्थिक स्थिति कमजोर रहेकाले भत्केको घर बन्न सकेको थिएन ।

आर्थिक अवस्था निकै कमजोर रहेकाले उहाँले आफ्नै लगानीमा घर बनाउन सन्ुभएको थिएन । विसं २०७२ को भूकम्पका कारण घर भत्केको थियो । भूकम्पको मापदण्डअनुसार काम गर्न सक्ने अवस्था नै छैन । साँझ–बिहान के खाऊ भन्ने समस्या रहेको दम्पतीलाई सरकारी मापदण्डअनुसार घर निर्माणकार्यले चिन्तित बनाइरहेको थियो ।

सरकारी मापदण्डमा घर बन्न नसक्दा झनै जोखिमको अवस्था रहेकाले गाउँपालिकाले घर बनाउन सहयोग गरेको हो । गाउँपालिकाले घरका लागि कर्कटपाता र कामदार सहयोग गरेको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो । कामीले नयाँ घर बनेपछि पहिलाको जसरी पानी परेका बेला कता जाने भन्ने चिन्ता हटेको बताउनुभयो ।

गाउँपालिका प्रशासकीय अधिकृत ज्ञानराम पन्थीले आर्थिकरूपमा विपन्न समुदायका वृद्ध दम्पतीको बसोबासका लागि रु एक लाख ६० हजार आर्थिक सहयोगमा घर निर्माण गरिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कामदार परिचालन गरी एकतले घर निर्माण गरिएको जानकारी दिनुभयो ।

कामीको सामाजिक सुरक्षाभत्ता नियमित आम्दानी हो । आम्दानीका नाममा भत्ताबाहेक अरु केही छैन । चैमासिक रूपमा रु आठ हजार मात्र आम्दानी हुन्छ । उमेरले ७५ नाघेका कामीकी श्रीमती पूर्णकला पनि ६५ वर्ष काट्नुभयो । केही श्रम गरी दुई÷चार पैसा कमाउन निकै कष्ट छ । उहाँका तीन छोरा र एक छोरी छन् । उनीहरुको विवाह भइसकेको छ । उहाँहरुको साथमा अहिले कोही पनि सन्तान बस्दैनन् । वृद्ध दम्पती गाउँपालिकाले बनाइदिएको दुईकोठे नयाँ घरमा बस्न पाउँदा उत्साहित छन् । रासस

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ९ : ४३ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा