२०८३, २९ श्रावण शनिबार

काठमाडौं विश्वविद्यालयमा बेथिति, नियम मिचेर शैक्षिक पदमा नियुक्ति

काठमाडौं विश्वविद्यालयमा बेथिति, नियम मिचेर शैक्षिक पदमा नियुक्ति


काठमाडौं, भदौ ३:काठमाडौं विश्वविद्यालयले नियम र प्रक्रियाविपरीत विश्वविद्यालयमा शैक्षिक पदमा नियुक्ति दिएको पाइएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत आह्वान गरिएको विज्ञापनमार्फत पदपूर्तिका क्रममा अनियमितता भएको पाइएको हो ।

विश्वविद्यालयले गत माघमा शैक्षिक पदको ०३-०७५–०७६ शीर्षकमा खुला प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको थियो । यसक्रममा विश्वविद्यालयले पदपूर्तिको प्रचलित प्रक्रिया र मान्यताविपरीत तीन प्रकृतिका शैक्षिक पदमा नियुक्ति सिफारिस गरेको हो ।

विश्वविद्यालयसँग यसबारे सूचना माग गर्दा सूचना उपलब्ध गराउन अस्वीकार गर्दै आएको छ । २७ असार २०७६ मा पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयमा तीन उम्मेदवार छनोट गरिएको थियो । स्रोतका अनुसार स्कुल अफ आर्ट्सका डिनको रुचिअनुसार विश्वविद्यालयले तीन असिस्टेन्ट प्रोफेसर नियुक्त गरेको हो ।यस क्रममा खुला प्रतियोगिताका स्थापित मान्यतालाई समेत बेवास्ता गर्दै छनोट समितिमार्फत अपारदर्शी ढंगबाट वैधानिकता दिएको पाइएकोे छ ।

स्रोतका अनुसार विश्वविद्यालय स्कुल अफ आर्ट्सका डिन सागर शर्माले रजिस्ट्रार सुबोध शर्मा तथा उपकुलपति रामकण्ठ माकाजु तथा छनोट समितिलाई समेत गलत सूचना दिएर आफू अनुकूलका व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गरेका थिए ।

सिफारिस भएसँगै यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विकास अध्ययनमा प्रतिस्पर्धी डा. महेन्द्र सापकोटा र पत्रकारितामा प्रतिस्पर्धी लक्ष्मणदत्त पन्तले विश्वविद्यालयको बदनीयतका साथ सिफारिस गरेको भन्दै यसविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका छन् ।सिफारिसप्रति चित्त नबुझेको भन्दै र पत्रकारितामा प्रतिस्पर्धी पन्तले नियुक्तिसँग सम्बन्धित सूचनाको विवरण माग गरेका थिए । तर, विश्वविद्यालयले सूचना उपलब्ध गराउन अस्वीकार गर्दै आएको छ । पन्तका अनुसार विश्वविद्यालयका सूचना अधिकारी हेमराज काफ्लेसँग सूचना माग गरिएको थियो ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ७ : २५ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका