२०८२, १८ मंसिर बिहीबार

ग्रेड वृद्धि परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै

ग्रेड वृद्धि परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै


घोराही ३ भदौ : अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ ।

घोराहीको पद्मोदय नमूना माध्यामिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि चौघेरा, शुभप्रभात मावि, रझेना मावि, शान्तिसुधा मावि, पद्मोदय मावि र गोरखा इन्टरनेश्नल मावि गरी नौ विद्यालयमा जिल्लाभरका परीक्षार्थीको ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको हो । जसमा विद्यार्थीको निकै न्यून सहभागिता देखिएको छ । कतै विद्यार्थीको शून्य सहभागिता छ भने कतै एक दुई जनाको भरमा केन्द्र सञ्चालन गरिएको छ ।

आइतबार अङ्ग्रेजीको परीक्षा दिएका विद्यार्थीले सोमबार नेपालीको परीक्षा दिएका थिए । दोस्रो दिन नेपालीको परीक्षामा तोकिएको केन्द्रमा विद्यार्थीको न्यून सहभागिता देखियो । एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, चार सुरक्षाकर्मी, एक निरीक्षक र एक सहयोगी गरी कम्तीमा आठ जनालाई परीक्षा केन्द्रमा खटाइएको छ । कतै निरीक्षकको सङ्ख्या धेरै पनि छ । उनीहरुलाई शिक्षा विकास तथा समन्वय एकाइले छुट्टै भत्ताको व्यवस्थासहित परीक्षा केन्द्रमा खटाएको हो ।

ठूलो सङ्ख्यामा परीक्षा केन्द्रमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी खटाइए पनि विद्यार्थी सङ्ख्याभन्दा निरीक्षकको सङ्ख्या धेरै पाइएको छ । सोमबार चलेको नेपाली विषयको परीक्षामा घोराहीको दीपशिखा माविमा तोकिएको केन्द्रमा विद्यार्थीको शून्य सहभागिता रहेको थियो । नेपाली विद्यार्थीको केन्द्र परेको दीपशिखामा त्यही विद्यार्थी अनुपस्थिति भएपछि परीक्षा केन्द्र परीक्षा अवधिभर सुनसान देखियो ।

ग्रेड वृद्धिको परीक्षा केन्द्र तोकिएको सरस्वती माविमा पनि चार विद्यार्थीको केन्द्र परेकामा दुई अनुपस्थित भए भने दुईले मात्रै परीक्षामा सहभागिता जनाएका थिए । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ग्रेड वृद्धिका लागि गोरक्षारत्न नाथमा दुई, शान्तिसुधामा एक, गोरखामा १४, पद्मोदय माविमा ११, बाल विकासमा १५, शुभप्रभावमा चार र रझेना माविमा २४ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।
सोमबार जिल्लाभरका १३१ विद्यार्थीमध्ये ७७ विद्यार्थी नेपाली विषयको परीक्षामा सहभागी भएका थिए भने ५४ अनुपस्थित भएका थिए । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामलाल खड्काले ग्रेड वृद्धिको परीक्षामा कुनै विषयको परीक्षामा धेरै र कुनै विषयको परीक्षामा थोरै विद्यार्थी सहभागी हुनु स्वाभाविक भएको बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ७ : २२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको