२०८२, ८ बैशाख सोमबार

घरमा सधैँ लक्ष्मीको बास चाहानुहुन्छ ? राख्नुस् यस्ता मूर्ति र प्रतिमा

घरमा सधैँ लक्ष्मीको बास चाहानुहुन्छ ? राख्नुस् यस्ता मूर्ति र प्रतिमा


लक्ष्मीलाई धन तथा सुखकी देवीको रुपमा पूजिन्छ । हरेक व्यक्ति आफ्नो घरमा लक्ष्मीको वास होस् भन्ने चाहन्छन्।अधिकांश मानिसले कुनै न कुनै रुपमा लक्ष्मीलाई आफ्नो घरको पूजा कोठामा स्थापित गरेका पनि हुन्छन् । तस्विर होस् या मूर्ति, लक्ष्मीको रुप हरेक घरमा देखिन्छ ।

सायदै मानिसलाई मात्र थाहा होला, लक्ष्मीको कुन चाहिँ प्रतिमा आफ्नो लागि शुभ हुन्छ भनेर । लक्ष्मीको यस्ता मूर्तिले तपाईंको घरमा सुख, समृद्धि ल्याउन सक्छ । यदि तपाईंसँग लक्ष्मीको मूर्ति छैन भने शुक्रबारको दिन तपाईंले लक्ष्मीको मूर्ति स्थापना गर्न सक्नु हुनेछ ।

शास्त्रअनुसार धन सम्बन्धी आवश्यकताको पूर्ति गर्ने हो भने महालक्ष्मीलाई प्रसन्न पार्न आवश्यक हुन्छ । महादेवीलाई प्रसन्न पार्न प्रत्येक दिन यस किसिमले विधिवत रुपमा पूजा गर्नु पर्ने हुन्छ । यसका साथै जुन घरमा सुन तथा चाँदीले बनेको महालक्ष्मीको मूर्ति राखिन्छ त्यस घरमा कहिल्यै पनि गरिबीको बास नहुने धार्मिक विश्वास रहिआएको छ ।

पैसासँग जोडिएको समस्यालाई हटाउनका लागि महालक्ष्मीका साथै भगवान विष्णुको पूजा गर्नु उपयुक्त हुन्छ । देवी लक्ष्मी भगवान विष्णुकी पत्नी हुन् । त्यसैले विष्णुको पूजा गर्ने भक्तप्रति धनकी देवी लक्ष्मीको विशेष कृपा रहने विश्वास गरिन्छ ।

किन महत्वपूर्ण छ सुन र चाँदीको मूर्ति ?
जुन घरमा सुन वा चाँदीबाट बनेको महालक्ष्मीको मूर्ति हुन्छ त्यहाँ देवी लक्ष्मीको कृपा सदैव हुन्छ । साथै, हेरक दिन सुन वा चाँदीको उक्त मूर्तिलाई पूजा गरिनु पर्ने छ । सुन वा चाँदीबाट बनेको मूर्तिको पूजा गर्ने श्रद्धालु भक्तले कहिल्यै पनि दरिद्रताको सामना गर्न नपर्ने धार्मिक विश्वास छ ।

सुन वा चाँदीको मूर्ति ल्याउन नसके ?
सुन वा चाँदीको मूर्ति ल्याउन नसकेको खण्डमा पितलको मूर्ति भए पनि घरमा ल्याउन सक्नु हुनेछ । मूर्तिका लागि पितललाई पनि शुभ मानिन्छ । धेरैजसो मन्दिरमा पितलकै मूर्ति स्थापना गरिएका हुन्छन् । तपाईंले पितलको मूर्तिको पूजाआराधना गरेर पनि घरमा सुख–शान्ति ल्याउन सक्नु हुनेछ ।

यस्तो हुन आवश्यक छ लक्ष्मीको मूर्ति

– माता लक्ष्मीको मूर्ति कमलको फूलमाथि विरासित हुनु पर्नेछ ।

– मूर्तिको हातमा धनको कलश, कमलको फूल, शंख तथा एक हात आशिर्वादको मुद्रामा हुनु पर्नेछ ।

– लक्ष्मीको मूर्तिसँगै गणेशको पनि मूर्ति भएको खण्डमा अझ लाभ मिल्नेछ ।

– घरको पूजा कोठामा श्रीयन्त्रलाई पनि स्थापना गर्ने हो भने धन र सुख प्राप्त गर्न सकिने छ ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ६ : ३४ बजे

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज