२०८२, ३ माघ शनिबार

भोटेकोशीले बगायो बेलीब्रिज, नदी आसपासका बस्तीमा थपियो त्रास

भोटेकोशीले बगायो बेलीब्रिज, नदी आसपासका बस्तीमा थपियो त्रास


रसुवा, २ भदौं । रसुवाको भोटेकोशी नदीमा अचानक बढेको बाढीका कारण टिमुरे लगायत त्रिशुली नदी छेउका बस्तीहरुमा त्रास बढेको छ । चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरेलगायत त्रिशुली नदीका छेउका बस्तीको जनजीवन तनाबग्रस्त बनाएको हो ।

गए राति नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साइरन बजाएको थियो । रसुवा भन्सार याडमा भन्सार गर्न राखिएका कन्टेनरहरु बगाउने खतरा भएपछि सुरक्षाकर्मीको सहायतामा राति नै सारियो ।

जिल्लाको उत्तरगया गाँउपालिका–१ मैलुङ तथा ५ को खाल्टे बगर क्षेत्रका भूकम्पबाट विस्थापित भएका बासिन्दा समेत समयमै सूचना पाएपछि सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जनाएका छन् ।

रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजनाको कर्मचारी निवास जाने बेलि ब्रीज बगाएको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रजिअ भण्डारीले बताएका छन् । उता रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर बाहिरिएका छन् । भीषण बाढी आएकाले क्याम्पमा बस्न सुरक्षित नरहेको आयोजना प्रमुख छबि गैरेले बताएका छन् ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ८ : ३० बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको