२०८२, १४ असार शनिबार

यी चार राशी भएका पुरुषहरुले श्रीमतीलाई अत्यन्तै माया गर्छन्

यी चार राशी भएका पुरुषहरुले श्रीमतीलाई अत्यन्तै माया गर्छन्


कसको चाहाना हुँदैन श्रीमान् श्रीमती सधै हांसी खुशी बाँचौ । तर कसैको त्यो चाहनामा कहिलेकाँही ठेस लाग्छ, कसैको भने पुरा हुन्छ । कोहि पुरुष आफ्नो श्रीमतीको इच्छा चाहनाको ख्यालै नगर्ने स्वार्थी हुन्छन् भने कोहि पुरुष आफ्नो श्रीमतीलाई सुखी र खुशी राख्न कुनै कसुर बाँकी राख्दैनन् ।
ज्योतिष शास्त्रकाअनुसार कसैले सुखी र खुशी खोजेर मात्रै पाउने होइन त्यो त आफ्नो ग्रह दशा र राशिअनुसार जुर्नु पर्छ । यहाँ हामी त्यस्ता राशि भएका पुरुषहरुको बारेमा कुरा गर्न गैरहेका छौं जसले श्रीमतीलाई हर समय हर सम्भब खुशी राख्न चाहन्छ ।

यसो भन्छ ज्योतिष शास्त्र

मेष राशी : यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।

वृश्चिक राशी : यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् ।
परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।
कन्या राशी : खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

सिंह राशी : उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् ।

प्रकाशित मिति : २०७६, १ भाद्र आईतबार  १२ : ४५ बजे

प्रधानमन्त्रीले स्पेन भ्रमणबारे दिए संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्लाई

रास्वपा र राप्रपाले आज पनि गरे सदन अवरोध

काठमाडौं । आज पनि संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र

पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही

भारतीय आँपका कारण नेपाली व्यवसायीलाई चिन्ता, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न माग

काठमाडौं । फलफुलहरुको ‘राजा’को उपमा पाएको आँप यतिबेला नेपाली बजारमा

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ ।