२०८२, १४ असार शनिबार

काभ्रेली प्रगतिशील लेखकहरु जुर्मुराए

काभ्रेली प्रगतिशील लेखकहरु जुर्मुराए


बनेपा, ३२ साउन : प्रगतिशील लेखक संघ, नेपाल काभ्रेपलाञ्चोक जिल्ला समिति अन्तर्गत रहेका काभ्रेली प्रगतिशील लेखक, कलाकारहरु जुर्मुराउन थालेको छन् ।

समितिद्वारा शनिबार काभ्रेको बनेपामा आयोजित पहिलो रचना वाचन कार्यक्रममा विभिन्न भेगबाट काभ्रेली प्रगतिशील श्रष्टाको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीमध्ये २० जना प्रगतिशील श्रष्टाहरुले आफ्नो रचना वाचन गरेका छन् ।

प्रगतिशील लेखक संघ, नेपाल प्रदेश नं. ३ का अध्यक्ष जनक प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रगतिशील रचना वाचन कार्यक्रम जिल्ला समिति काभ्रेकी अध्यक्ष भवानी पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश नम्बर ३ का सदस्य तथा प्रकाशन समितिका प्रमुख बैरागी जेठा, प्रलेका शुभचिन्तक तथा प्रदेश नंं. ३ विकास समितिका सदस्य, कुमार थापा, प्रलेश प्रदेश नं. ३ की सदस्य रचना मोक्तान, प्रलेश काठमाडौंका राजु तामाड०, शब्द यात्रा प्रकाशनका शिवप्रसाद बञ्जरा, लोक गायक मच्छेश्वर सापकोटा, प्रलेश काभ्रेका सल्लाहकार तुयुकाजी ताम्राकार, प्रेस चौतारी नेपालका उपमहासचिव हिरामान लामा, प्रेस संगठन नेपालका केन्द्रीय सदस्यहरु डीलबहादुर थोकर र नवराज बजगाई लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी रेग्मीले २००६ सालमा पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएपछि २००९ सालमा प्रगतिशील लेखक संघ, नेपालको स्थापना गरी थुप्रै तन्त्रका लागि प्रगतिशील सिर्जनाका माध्यमबाट भूमिका निर्वाह गरेको बताए । उनले जनताका आधारभूति आवश्यकताहरु समान रुपमा उपलब्ध नहुने अवस्था हुँदासम्म प्रगतिशील लेखक कलाकारहरु उत्तिकै सक्रिय हुनु पर्ने बताउँदै अहिले भएको शासन व्यवस्था प्रगतिशील भए पनि यो नै अन्तिम विकल्प नभएकोमा सहभागीहरुको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा प्रगतिशील श्रष्टाहरु सरस्वती चिमौरिया, सुवद्रा अधिकारी, सरस्वती शर्मा सुवेदी, ललिता अधिकारी, राजु तामाड०, कविराज तामाड०, रचना मोक्तान, वुद्धिमान योञ्जन, शुवास जिम्बा, केदारनाथ तिमल्सेना, शिवप्रसाद आचार्य, बैरागी जेठा, सिताराम सागर, लक्ष्मण सापकोटा, देवकी हुमागाई, सुभद्रा दाहाल, साधुराम गिरी, केदारनाथ आचार्यले आ आफ्नो रचना वाचन गरेको कार्यक्रमको सञ्चालन प्रलेस काभ्रेका सचिव धुर्व रायमाझीले गरेका थिए ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ९ : ११ बजे

भारतीय आँपका कारण नेपाली व्यवसायीलाई चिन्ता, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न माग

काठमाडौं । फलफुलहरुको ‘राजा’को उपमा पाएको आँप यतिबेला नेपाली बजारमा

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ ।

प्रधानमन्त्री ओली आज स्पेन भ्रमण जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) स्पेन जादैँ

काँग्रेसले सानेपामा १३ करोडमा तीन तले घर खरिद गर्ने

काठमाडौं । नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित

परराष्ट्र मन्त्री आरजु राणा रोम जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार इटलीको राजधानी रोम