२०८३, २४ भाद्र बिहीबार

काभ्रेली प्रगतिशील लेखकहरु जुर्मुराए

काभ्रेली प्रगतिशील लेखकहरु जुर्मुराए


बनेपा, ३२ साउन : प्रगतिशील लेखक संघ, नेपाल काभ्रेपलाञ्चोक जिल्ला समिति अन्तर्गत रहेका काभ्रेली प्रगतिशील लेखक, कलाकारहरु जुर्मुराउन थालेको छन् ।

समितिद्वारा शनिबार काभ्रेको बनेपामा आयोजित पहिलो रचना वाचन कार्यक्रममा विभिन्न भेगबाट काभ्रेली प्रगतिशील श्रष्टाको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीमध्ये २० जना प्रगतिशील श्रष्टाहरुले आफ्नो रचना वाचन गरेका छन् ।

प्रगतिशील लेखक संघ, नेपाल प्रदेश नं. ३ का अध्यक्ष जनक प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रगतिशील रचना वाचन कार्यक्रम जिल्ला समिति काभ्रेकी अध्यक्ष भवानी पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश नम्बर ३ का सदस्य तथा प्रकाशन समितिका प्रमुख बैरागी जेठा, प्रलेका शुभचिन्तक तथा प्रदेश नंं. ३ विकास समितिका सदस्य, कुमार थापा, प्रलेश प्रदेश नं. ३ की सदस्य रचना मोक्तान, प्रलेश काठमाडौंका राजु तामाड०, शब्द यात्रा प्रकाशनका शिवप्रसाद बञ्जरा, लोक गायक मच्छेश्वर सापकोटा, प्रलेश काभ्रेका सल्लाहकार तुयुकाजी ताम्राकार, प्रेस चौतारी नेपालका उपमहासचिव हिरामान लामा, प्रेस संगठन नेपालका केन्द्रीय सदस्यहरु डीलबहादुर थोकर र नवराज बजगाई लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी रेग्मीले २००६ सालमा पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएपछि २००९ सालमा प्रगतिशील लेखक संघ, नेपालको स्थापना गरी थुप्रै तन्त्रका लागि प्रगतिशील सिर्जनाका माध्यमबाट भूमिका निर्वाह गरेको बताए । उनले जनताका आधारभूति आवश्यकताहरु समान रुपमा उपलब्ध नहुने अवस्था हुँदासम्म प्रगतिशील लेखक कलाकारहरु उत्तिकै सक्रिय हुनु पर्ने बताउँदै अहिले भएको शासन व्यवस्था प्रगतिशील भए पनि यो नै अन्तिम विकल्प नभएकोमा सहभागीहरुको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा प्रगतिशील श्रष्टाहरु सरस्वती चिमौरिया, सुवद्रा अधिकारी, सरस्वती शर्मा सुवेदी, ललिता अधिकारी, राजु तामाड०, कविराज तामाड०, रचना मोक्तान, वुद्धिमान योञ्जन, शुवास जिम्बा, केदारनाथ तिमल्सेना, शिवप्रसाद आचार्य, बैरागी जेठा, सिताराम सागर, लक्ष्मण सापकोटा, देवकी हुमागाई, सुभद्रा दाहाल, साधुराम गिरी, केदारनाथ आचार्यले आ आफ्नो रचना वाचन गरेको कार्यक्रमको सञ्चालन प्रलेस काभ्रेका सचिव धुर्व रायमाझीले गरेका थिए ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ९ : ११ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको