२०८२, १२ माघ सोमबार

जनप्रतिनिधिहरु सुविधाभोगी नहुनुस् : मन्त्री पण्डित

जनप्रतिनिधिहरु सुविधाभोगी नहुनुस् : मन्त्री पण्डित


बागलुङ, ३२ साउन: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिहरुलाई सुविधाभोगी नबन्न आग्रह गर्नुभएको छ । जिल्ला वडा सङ्घ बागलुङको प्रथम प्रारम्भिक भेलालाई आज सम्बोधन गर्दै उहाँले अत्यावश्यक र न्यूनतम सुविधा लिएर जनताको सेवामा खट्न आग्रह गर्नुभयो ।“जनताभन्दा माथि हामी कोही छैनौँ, जनतालाई हामीले भगवान् मानेर आएको हो”, उहाँले भन्नुभयो, “भगवान्लाई नै पन्छाएर अगाडि बढ्यौँ भने हामीले कसलाई पूज्ने ?” जनभावनाको कदर गर्न नसके आफ्नै राजनीतिक भविष्य समाप्त हुने मन्त्री पण्डितको भनाइ छ ।

जनप्रतिनिधिले विकास र सेवा प्रवाहलाई चुस्त तथा प्रभावकारी बनाउन सके मात्र स्थानीय तह सफल हुने उहाँको धारणा थियो । स्थानीय तहलाई भौतिक र प्रशासिनक रुपले थप सशक्त बनाइने मन्त्री पण्डितले बताउनुभयो ।

भाडाका भवनबाट सञ्चालित हुनुपर्ने स्थानीय तहको बाध्यता हट्ने उहाँको भनाइ छ । मन्त्री पण्डितले स्थानीय तहका सहित सबै निजामती कर्मचारीको क्षमता विकासका लागि केन्द्र र सातै प्रदेशमा स्थानीय प्रशिक्षण प्रतिष्ठान खोल्ने तयारी भएको बताउनुभयो । उहाँले थप विज्ञापन खोल्नका लागि तयारी अगाडि बढेको उल्लेख गर्नुभयो । भेलामा जिल्लाका ८५ वटै वडाका अध्यक्षलगायत जनप्रतिनिधिको सहभागिता छ । भेलाले जिल्ला वडा सङ्घको प्रारम्भिक समिति गठन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ९ : १० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै