२०८२, ३ माघ शनिबार

शनिबारको दिन भूलेर पनि यी पाँच चिज नखानुहोस्

शनिबारको दिन भूलेर पनि यी पाँच चिज नखानुहोस्


हिन्दु धर्ममा शनिबार शनिदेवको पूजा गरिन्छ । शनिदेवलाई न्यायको देवताको रुपमा पुजिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसियौँको तेल, कालो तिल आदि चढाउने गरिन्छ ।

जुन व्यक्तिको कुण्डलीमा शनिदोष भएको हुन्छ । त्यस्ता व्यक्तिले शनिदेवको पूजा गर्नुका साथै शनिबारको दिन केही खानेकुरा पनि बार्नु पर्ने हुन्छ । शनिदोष भएका व्यक्तिले भूलेर पनि खान नहुने केही खाद्य वस्तुबारे जानकारी राखौँ ।

१. शनिबारको दिन सादा दूध तथा दही भूलेर पनि नखानु होला । खानै परे तपाईंले सादा दूध तथा दहीमा बेसार तथा सख्खर मिसाएर मात्रै खानु उपयुक्त हुनेछ ।

२. खाद्य वस्तुको कुरा गर्नुपर्दा तपाईंले शनिबारको दिन मसुरोको दाल नखानु होला । मसुरोको दालबाहेक अन्य दाल भने खान सक्नु हुनेछ । मसुरोको रङ्ग रातो हुने भएकाले यो मंगलसँग सम्बन्धित भएकाले शनिबारको दिन मसुरोको दाल खाए शनिमा क्रुर दृष्टि बढाउँछ ।

३. आँपको अचार पनि शनिबारको दिन नखानु होला । आँपको अचार काँचो आँपबाट बनाइने हुनाले यसको स्वाद अमिलो तथा टर्रो हुन्छ । यस्तो स्वादको खाद्यवस्तु शनिदेवलाई मन पर्दैन । त्यसैले शनिबारको दिन यस्ता खानेकुराबाट टाढा रहेकै बेस हुनेछ ।

४. शनिबारको दिन खानामा रातो खुर्सानी प्रयोग नगर्नु होला । शनिदेवलाई खानामा रातो खुर्सानी प्रयोग गरेको मन पर्दैन । सुकेको तथा रातो खुर्सानी प्रयोग नगर्दा तपाईंलाई शनिबारको दिन लाभ मिल्नेछ ।

५. शनिबारको दिन रक्सी तथा मद्यपानबाट बच्नु उपयुक्त हुनेछ । कुण्डलीमा शनि यदि राम्रो अवस्थामा छ भने पनि यो दिन रक्सी सेवन गरेको खण्डमा त्यसको असर उल्टो पर्न सक्छ ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ९ : ४८ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको