२०८२, १२ माघ सोमबार

नेकपाले ३३ विभाग टुंग्यायो : वामदेवलाई संगठन, ईश्वरलाई स्कुल र नारायणकाजीलाई प्रचार विभाग

नेकपाले ३३ विभाग टुंग्यायो : वामदेवलाई संगठन, ईश्वरलाई स्कुल र नारायणकाजीलाई प्रचार विभाग


काठमाडौं ३१ साउन : विवादकाबीच नेकपाको सचिवालय बैठकले विभिन्न ३३ विभागको नेतृत्व टुंग्याएको छ । विवादित बनेको स्कुल विभागको नेतृत्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले पाएका छन् भने अर्का दावेदार नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग दिइएको छ । स्कुल विभागमा स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाल समेतको दावी रहेको थियो ।

सचिवालय बैठकले विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठान विभाग झलनाथ खनाल, संगठन विभागमा वामदेव गौतमलाई उपाध्यक्षाको समेत जिम्मेवारी दिने सहमति भएको छ । सचिवालय बैठकले वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लैजाने नेकपा सचिवालय स्रोतले जनाएको छ। तीन दिनदेखि लगातार सर्दै आएको नेकपा सचिवालयको बैठक शुक्रबार बिहान ११ बजेपछि बसेको थियो। बिहीबारको बैठक अन्तिम समयमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण स्थगित भएको थियो। साउन १८ गते उपचारका लागि भन्दै प्रधानमन्त्री ओली सिंगापुर गएका थिए। त्यहाँ पनि पूर्वनिर्धारितभन्दा तीन दिन बढी बसेर प्रम ओली फर्किएका थिए।

साउन १३ पछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन। प्रधानमन्त्री सिंगापुर भ्रमणबाट फर्किएपछि पटकपटक बैठक स्थगित भएको थियो। यसअघि साउन २८ र २९ गते बोलाइएको बैठक पनि अन्तिम समयमा ओलीको स्वास्थय अवस्थाका कारण स्थगित भएको थियो।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ४ : ११ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै