२०८२, १८ मंसिर बिहीबार

मण्डनका समुदाय र वालवालिकासँग इको हिमाल

मण्डनका समुदाय र वालवालिकासँग इको हिमाल


भुकम्पले थलिएको बस्ती । २०७२ बैशाख १२ र लगातारको पराकम्पनका दिनहरु सम्झँदा नै आङ जिरिङ हुने गर्छ । काभ्रेको मण्डनदेउपुर पनि यो भुकम्पबाट नराम्रोसँग प्रभावित भएको थियो ।

अरु दिनहरुजस्तै मानिसहरु आ–आफ्नै दैनिकीमा व्यस्त थिए । अचानक धरती हल्लीयो र कोलाहल भयो । यो कम्पनबाट भौतिक संरचना मात्रै गुमेन, धेरैले आफ्नो आफन्त समेत गुमाए । कतिले आफ्नो बा–आमा गुमाए भने केहीले पति÷पत्नि त कतिपयले बालबच्चा ।

विपद्को बेला कँहा जाने, कसो गर्ने ? सबैको मनमा यही प्रश्न चिन्ता बनेर आइरन्थ्यो । त्यसैबेला पुग्यो राहत लिएर एक सामािजक संस्था–‘इको हिमाल नेपाल’ । हुन त त्यो बेला धेरै संघ÷संस्था राहत लिएर त्यस भेगमा नपुगेका होइनन् । सुरुमा स्थानीयहरुको घाउमा मलम बन्न राहत लिएर पुगेको इको हिमाल नेपाल भने अझै पनि समुदायको मष्तिस्कमा छाएको छ ।

इको हिमालले विगत ४ वर्षदेखि त्यस भेगका समुदायका लागि सञ्चालन गरेको विभिन्न कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यो संस्थाले भूकम्पपश्चात ग्रामीण शिक्षा सहयोग कार्यक्रम मार्फत मण्डनदेउपुरको शैक्षिक सुधारका लागि महत्वपूर्ण योगदान दिइरहेको छ ।


परियोजनाको आफ्नै दायरा र सीमा हुँदाहुँदै पनि भूकम्पपछि आफूले गुमाएका मानवीय बाहेक संस्थाको गतिविधिमार्फत स्थानीयले लाभ लिइरहेका छन् । भूकम्पपछि वितरण गरिएको राहतदेखि भौतिक संरचना निर्माणसम्ममा परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

आँखै अगाडी ढलेका विद्यालय भवन संस्थाद्वारा अहिले ठडिएको छ । विरामी हुँदा र गाउँका दिदी–बहिनी सुत्केरी हुदाँ औषधी–उपचार गर्ने स्वास्थ्य चौकी दुरुस्त बनेका छन् । किशोर किरोशीमा नयाँपन देखिन्छ ।

अभिवाकहरु पनि अनुशासित, जिम्मेवार र सचेत बनेका छन् । विपद्मा मिलेर बस्नेदेखि विपदको समस्यालाई साझा समस्याको रुपमा ग्रहण गरी सामुहिक सामना गर्ने उपाय सिकेका छन् । यति मात्रै होइन, भूकम्पप्रतिरोधात्मक भवन निर्माण गर्न समेत उनीहरु सचेत देखिएका छन् ।

गाउँमा सहजकर्ताहरु खटाएर, भूकम्पपछिको दर्दनाक अवस्थालाई सामान्यकरण गर्दै लैजान त्यो बेला धेरै चुनौती थिए । त्यही चुनौतीको बीचमा मण्डनदेउपुर पुगेको यो संस्थाले गाउँमा भएका विभिन्न गतिविधि अन्य ठाउँमा पनि पुर्याउनु आवश्यक थियो ।

त्यसै मेसोमा काभ्रे लगायत आसपासका जिल्लाहरुकै पहिलो सामुदायिक रेडियो सेवा, रेडियो नमोबुद्धले मण्डन देउपुरमा इको हिमालले गर्दै आएको कामलाई रेडियोमार्फत अन्य ठाउँका स्थानीयलाई पनि सुनाएर चेतना विस्तारमा संस्थालाई सघाएको थियो । क्रमस…

काजल तामाङ

प्रकाशित मिति : २०७६, २९ श्रावण बुधबार  ११ : ३५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको