२०८३, ४ असार शुक्रबार

मण्डनका समुदाय र वालवालिकासँग इको हिमाल

मण्डनका समुदाय र वालवालिकासँग इको हिमाल


भुकम्पले थलिएको बस्ती । २०७२ बैशाख १२ र लगातारको पराकम्पनका दिनहरु सम्झँदा नै आङ जिरिङ हुने गर्छ । काभ्रेको मण्डनदेउपुर पनि यो भुकम्पबाट नराम्रोसँग प्रभावित भएको थियो ।

अरु दिनहरुजस्तै मानिसहरु आ–आफ्नै दैनिकीमा व्यस्त थिए । अचानक धरती हल्लीयो र कोलाहल भयो । यो कम्पनबाट भौतिक संरचना मात्रै गुमेन, धेरैले आफ्नो आफन्त समेत गुमाए । कतिले आफ्नो बा–आमा गुमाए भने केहीले पति÷पत्नि त कतिपयले बालबच्चा ।

विपद्को बेला कँहा जाने, कसो गर्ने ? सबैको मनमा यही प्रश्न चिन्ता बनेर आइरन्थ्यो । त्यसैबेला पुग्यो राहत लिएर एक सामािजक संस्था–‘इको हिमाल नेपाल’ । हुन त त्यो बेला धेरै संघ÷संस्था राहत लिएर त्यस भेगमा नपुगेका होइनन् । सुरुमा स्थानीयहरुको घाउमा मलम बन्न राहत लिएर पुगेको इको हिमाल नेपाल भने अझै पनि समुदायको मष्तिस्कमा छाएको छ ।

इको हिमालले विगत ४ वर्षदेखि त्यस भेगका समुदायका लागि सञ्चालन गरेको विभिन्न कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यो संस्थाले भूकम्पपश्चात ग्रामीण शिक्षा सहयोग कार्यक्रम मार्फत मण्डनदेउपुरको शैक्षिक सुधारका लागि महत्वपूर्ण योगदान दिइरहेको छ ।


परियोजनाको आफ्नै दायरा र सीमा हुँदाहुँदै पनि भूकम्पपछि आफूले गुमाएका मानवीय बाहेक संस्थाको गतिविधिमार्फत स्थानीयले लाभ लिइरहेका छन् । भूकम्पपछि वितरण गरिएको राहतदेखि भौतिक संरचना निर्माणसम्ममा परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

आँखै अगाडी ढलेका विद्यालय भवन संस्थाद्वारा अहिले ठडिएको छ । विरामी हुँदा र गाउँका दिदी–बहिनी सुत्केरी हुदाँ औषधी–उपचार गर्ने स्वास्थ्य चौकी दुरुस्त बनेका छन् । किशोर किरोशीमा नयाँपन देखिन्छ ।

अभिवाकहरु पनि अनुशासित, जिम्मेवार र सचेत बनेका छन् । विपद्मा मिलेर बस्नेदेखि विपदको समस्यालाई साझा समस्याको रुपमा ग्रहण गरी सामुहिक सामना गर्ने उपाय सिकेका छन् । यति मात्रै होइन, भूकम्पप्रतिरोधात्मक भवन निर्माण गर्न समेत उनीहरु सचेत देखिएका छन् ।

गाउँमा सहजकर्ताहरु खटाएर, भूकम्पपछिको दर्दनाक अवस्थालाई सामान्यकरण गर्दै लैजान त्यो बेला धेरै चुनौती थिए । त्यही चुनौतीको बीचमा मण्डनदेउपुर पुगेको यो संस्थाले गाउँमा भएका विभिन्न गतिविधि अन्य ठाउँमा पनि पुर्याउनु आवश्यक थियो ।

त्यसै मेसोमा काभ्रे लगायत आसपासका जिल्लाहरुकै पहिलो सामुदायिक रेडियो सेवा, रेडियो नमोबुद्धले मण्डन देउपुरमा इको हिमालले गर्दै आएको कामलाई रेडियोमार्फत अन्य ठाउँका स्थानीयलाई पनि सुनाएर चेतना विस्तारमा संस्थालाई सघाएको थियो । क्रमस…

काजल तामाङ

प्रकाशित मिति : २०७६, २९ श्रावण बुधबार  ११ : ३५ बजे

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो