२०८२, १२ माघ सोमबार

सांसद नवीना लामा भन्छिन् : विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा गरिनुहुन्न

सांसद नवीना लामा भन्छिन् : विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा गरिनुहुन्न


काठमाडौं २८ साउन : संसद्को शुन्य समयमा बोल्दै प्रतिनिधिसभाकी सांसद् नवीना लामाले त्रिभुवन विश्वविद्यालय लगायतबम विश्वविद्यालय पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरी प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

राजनीतिक भागवण्डाले भन्दा पनि विधि र प्रक्रियाको आधारमा, खुल्ला प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयका पदाधिकारी चयन गरियोस, उनले भनिन् (सक्षम निष्पक्ष र प्राज्ञिक व्यक्तित्वले विश्विद्यालयको गरिमालाई उच्च राख्नसक्ने व्यक्ति उपकुलपति र अन्य पदाधिकारी नियुक्त गरियोेस् ।’

अहिले आठ वटा विश्वविद्यालय नेतृत्वविहीन भएको बताउँदै उनले विश्व विद्यालयमा डरलाग्दो ढंगले मौलाएको विकृति र विसंगति अन्त्य गर्नसक्ने पदाधिकारी चयन गर्नु पर्नेमा जोड दिइन् । राजनीतिक भागवण्डामा हुने नियुक्तीले देशको गरिमामा नै आँच पु्र्याएको छ । यो देशको प्रतिष्ठासँग जोडिने कुरा हो ।

सांसद् लामाले ‘विश्व विद्यालयको परीक्षा, सम्बन्धन, शिक्षक कर्मचारी, समयमा स्ववियु निर्वाचा जस्ता विसंगति मौलाएको उनको धारणा थियो । विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा गरेर नियुक्ति गर्ने प्रथाले यतो हुने गरेको उनले बताएकी थिइन्

प्रकाशित मिति : २०७६, २९ श्रावण बुधबार  १२ : ०१ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै