२०८२, १२ माघ सोमबार

समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार तुल्याउन सघाउनोस् : परराष्ट्रमन्त्री

समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार तुल्याउन सघाउनोस् : परराष्ट्रमन्त्री


काठमाडौं २८ साउन सरकारले काठमाडौँस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसीएन) लाई नेपालको आर्थिक समृद्धिका निम्ति सक्दो सहयोग गर्न आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  एचसिसीएनको नयाँ डीनमा नेपालका लागि दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ चयन भएपछि आज साँझ राजधानीमा भएको एचसिसीएनको पहिलो बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकारको ‘समृद्ध नेपाल, खुुशी नेपाली’ परिकल्पना साकार तुल्याउन एचसिसीएनका सबै सदस्यको सक्रिय सहयोगको अपेक्षा गरेको बताउनुभयो । 

नेपालको गरिमा अभिवृद्धिमा सक्दो योगदान गर्न आह्वान गर्दै उहाँले मातृभूमिको राष्ट्रिय स्वार्थ, सार्वभौमिकता, भौगोलिक अखण्डता र आर्थिक विकासलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गर्नुभयो । 

आर्थिक कूटनीतिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले देश विशेषमा केन्द्रित रहेर रणनीतिक योजना तर्जुमा गरी त्यो कार्यान्वयनको प्रक्रियामा गएको जानकारी पनि दिनुभयो । 

नेपाललाई आर्थिक उन्नयनको मार्गमा अघि बढाउने पर्यटन, जलस्रोतलगायत क्षेत्रमा लगानी जुटाउने महत्वपूर्ण माध्यमका रुपमा  अवैतनिक वाणिज्यदूतहरूले काम गर्न सक्ने भएकाले नेपालको राष्ट्रिय हितको प्रवद्र्धनमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले एचसिसीएनका समस्या समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

डीन श्रेष्ठले नेपालमा लगानीका अवसरबारे जानकारी दिन तथा नेपाल भ्रमण वर्ष सफल पार्न आफूहरू क्रियाशील रहेको जानकारी दिँदै एचसिसीएनको आजैको  बैठकबाट आगामी कात्तिक १६ देखि ३० गतेसम्म काठमाडौँमा विश्वभरका अवैतनिक वाणिज्यदूतहरूको सम्मेलन गर्ने निर्णय भएको बताउनुभयो । 

भाइस डीन एवं मोरक्कोका अवैतनिक वाणिज्यदूत वसन्तकुमार चौधरीले नेपालको सामाजिक–आर्थिक विकासका खातिर बाह्य सहायता जुटाउन तथा आफूहरूलाई नियुक्त गर्ने देशसँको नेपालको सम्बन्धलाई प्रगाढ तुल्याउने कर्तव्यबाट एचसिसीएन कदापि विमुख नहुने प्रण गर्नुभयो । 

प्रकाशित मिति : २०७६, २८ श्रावण मंगलबार  ११ : ०१ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै