२०८३, १९ आश्विन मंगलबार

इन्द्रजात्रामा ४० देशका प्रतिनिधिलाई निम्ता

इन्द्रजात्रामा ४० देशका प्रतिनिधिलाई निम्ता


इन्द्रजात्रा

काठमाडौं, २७ साउन : काठमाडौं महानगरपालिकाले २ सय ५७ वर्ष इतिहास बोकेको यसवर्षको इन्द्रजात्राको अवसरमा ३० भन्दा बढी देशका शहर, नगरपालिका महानगरपालिकाका अध्यक्ष, मेयर, उपमेयर, सचिव लगायतका अधिकारीलाई पहिलोपटक काठमाडौँ उपस्थित गराउने भएको छ । यसका लागि निम्तो पठाइसकिएको बताउँदै कामनपाका प्रवक्ता ईश्वरमान डंगोलले कला–संस्कृतिको धनी र जात्रा पर्वको शहरको बारेमा जानकारी गराउन इन्द्रजात्रामा बोलाइएको प्रष्ट पारे ।

उनका अनुसार कमनपासँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय शहर, अन्तर्राष्ट्रिय संगठन, भगिनी सम्बन्ध स्थापनाको प्रक्रियामा रहेका अन्तर्राष्ट्रिय शहर र कामपा सदस्य रहेको अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू नेपाल आउनेछन् ।

निम्तो दिएकामध्ये करिब ३० जना पाहुना आउने निश्चित भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख महेश काफ्लेले भने–नेपाल आउने पाहुनालाई टिकटबाहेक खाने चार दिन र पाँच रात बस्ने व्यवस्था महानगरपालिकाले नै गरेको छ । यसको लागि कामपाले २ करोड रुपिया विनियोजन गरेको छ ।’‘पाहुना बोलाएपछि स्वागत गर्ने र बसाईको व्यवस्था गर्ने जिम्मा हाम्रै भएकोले सबै पाहुनाको सबै व्यवस्था कामपाले गर्न लागेका हौँ’–उनको भनाइ थियो ।

कामपाको नगरपरिषद्को बैठकले इन्द्रजात्रालाई विश्वव्यापी बनाउन महानगरसँग भगिनी सम्बन्ध रहेका संस्था, संगठन र सम्बन्ध कायम गर्ने प्रकृयामा रहेका संस्थाका प्रमुखलाई नेपाल बोलाउने निर्णय गरेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७६, २७ श्रावण सोमबार  ८ : २५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि