२०८२, १८ मंसिर बिहीबार

इन्द्रजात्रामा ४० देशका प्रतिनिधिलाई निम्ता

इन्द्रजात्रामा ४० देशका प्रतिनिधिलाई निम्ता


इन्द्रजात्रा

काठमाडौं, २७ साउन : काठमाडौं महानगरपालिकाले २ सय ५७ वर्ष इतिहास बोकेको यसवर्षको इन्द्रजात्राको अवसरमा ३० भन्दा बढी देशका शहर, नगरपालिका महानगरपालिकाका अध्यक्ष, मेयर, उपमेयर, सचिव लगायतका अधिकारीलाई पहिलोपटक काठमाडौँ उपस्थित गराउने भएको छ । यसका लागि निम्तो पठाइसकिएको बताउँदै कामनपाका प्रवक्ता ईश्वरमान डंगोलले कला–संस्कृतिको धनी र जात्रा पर्वको शहरको बारेमा जानकारी गराउन इन्द्रजात्रामा बोलाइएको प्रष्ट पारे ।

उनका अनुसार कमनपासँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय शहर, अन्तर्राष्ट्रिय संगठन, भगिनी सम्बन्ध स्थापनाको प्रक्रियामा रहेका अन्तर्राष्ट्रिय शहर र कामपा सदस्य रहेको अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू नेपाल आउनेछन् ।

निम्तो दिएकामध्ये करिब ३० जना पाहुना आउने निश्चित भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख महेश काफ्लेले भने–नेपाल आउने पाहुनालाई टिकटबाहेक खाने चार दिन र पाँच रात बस्ने व्यवस्था महानगरपालिकाले नै गरेको छ । यसको लागि कामपाले २ करोड रुपिया विनियोजन गरेको छ ।’‘पाहुना बोलाएपछि स्वागत गर्ने र बसाईको व्यवस्था गर्ने जिम्मा हाम्रै भएकोले सबै पाहुनाको सबै व्यवस्था कामपाले गर्न लागेका हौँ’–उनको भनाइ थियो ।

कामपाको नगरपरिषद्को बैठकले इन्द्रजात्रालाई विश्वव्यापी बनाउन महानगरसँग भगिनी सम्बन्ध रहेका संस्था, संगठन र सम्बन्ध कायम गर्ने प्रकृयामा रहेका संस्थाका प्रमुखलाई नेपाल बोलाउने निर्णय गरेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७६, २७ श्रावण सोमबार  ८ : २५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको