२०८२, ९ बैशाख मंगलबार

आज वि.सं. २०७६ साउन २७ सोमबारको राशिफल हेर्नुहोस

आज वि.सं. २०७६ साउन २७ सोमबारको राशिफल हेर्नुहोस


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। विवादास्पद जिम्मेवारी आइलाग्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। हडबडीले समस्या निम्त्याउनेछ। तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्। तापनि, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अप्ठ्यारो स्थितिमा केही काम सम्पादन हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। योजना कार्यान्वयनमा बाधा पुग्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सहयोगीको भरपर्दा काम बिग्रन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। परिस्थितिवश कुनै काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। व्यापारमा राम्रो फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आकस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। आश्वासन बाँड्नेहरूले झुक्याए पनि सहयोगीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजा उत्साहजनक नहुन सक्छ। दैनिकी अलि व्यस्त रहनेछ तर गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।

प्रकाशित मिति : २०७६, २७ श्रावण सोमबार  ५ : १८ बजे

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज